back
CTIZAN AD

अमेरिका आएका नेता अशोक राईले भने-‘मुलुकको आमुल परिवर्तनमा लागेका छौं’

वि.सं.२०७६ जेठ २७ सोमवार

642 

shares

२७ जेठ, अमेरिका । समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक राईले हिमाल–पहाड तराइलाई एक बनाएर मुलुकको आमुल परिवर्तनका लागि आफूहरु लागेको बताएका छन् ।
अमेरिका भ्रमणमा रहेका नेता राईले न्युहेम्प्शायर राज्यको स्थानीय सिटी हुक्सेटमा बिभिन्न संघ संस्थाका प्रतिनिधीहरु बीच भएको अन्तरक्रिया कार्यक्रममा उठेका जिज्ञाशाहरुको उत्तर दिदै देशको आमूल परिवर्तनका लागि लाग्दा आफूलाई गर्वको महसुस भएको समेत बताएका थिए ।

त्यस्तै स्थिर सरकारका बारेमा गरिएको एक प्रश्नमा नेता राईले प्रचण्डले अहिले सम्झौताको कागज निकालेर बखेडा गर्नु नहुने बताउँदै पाँच वर्ष ओलीलाई सरकारको नेतृत्व दिँदा केही नबिग्रने समेत बताएका थिए ।  ‘पाँच वर्ष ओलीजीलाई नै दिए के बिग्रन्थ्यो र ? पाँच वर्ष मै प्रचण्ड जी एक्स्पाएर भै हाल्ने पनि होइन् क्यारे ?’ नेता राईले भने, ‘प्रधानमंत्रीले जनतामा संवृद्दिको सपना धेरै देखाउनु भो तर त्यसलाई सम्बोधन गर्ने कुनै नीति देखिएन ।’


नेता राईले हरेक सरकारी सरकारी कार्यालय अड्डा अदालत हरेक निकायमा भ्रस्टाचार कमिशनतन्त्र यथावत मात्र होइन कल्पना गर्न नसक्ने गरी बढेको बताए । उनले त्यसलाई नियन्त्रण गर्न नसकिएको बताउदै भने, ‘पहिलेको भन्दा अहिले स्थिति झन बिग्रियो, जनता निराश छन् के हामीले खोजेको गणतन्त्र यहि हो भनेर जनता अन्यौलमा रहेका छन् ?’

त्यस्तै अर्को एक प्रश्नको जवाफ दिदै नेता राइले एमाले फोडेको नभएर छोडेको बताउँदै चाइनिज उखान अनुसार दशपटक नाप एक चोटी काटको सिद्धान्त अनुसार आफूले विगतमा एमाले परित्याग गरेकोले कुनै पश्चाताप नभएको समेत बताए । ‘एमालेमा अत्यधिक मतले उपाध्यक्ष निर्वाचित भाको हो, त्यो पार्टीको नेताहरुको सबैको बारेमा राम्रो थाहा छ,’ नेता राईले भने, ‘गौरब र आत्मसन्तुष्टी कै बिषय खोजी गर्ने हो भने त मैले हात समाएर पोलिटिक्समा लगाएको, मदन भण्डारीसँग बिहेको प्रस्ताव मैले नै लगिदिएको र बिहे समेत गराईदेको व्यक्ति अहिले रास्ट्रपति छिन् । म एमालेमा भएको भए लाभको पद त मिल्थ्यो होला तर देशको समुल परिवर्तनको लागि त्यहा बसेर केहि गर्ने अवस्था थिएन ।’

नेता राईले नेपालको संबिधानका केही प्राबधानहरु विभेदकारी रहेको र त्यो संशोधन गर्नु अहिलेको आवश्यकता रहेको बताए । ‘यो संबिधानमा मौलिक हक सम्बन्धि धाराहरु अत्यन्त राम्रा छन् तर पहिचान ,भाषा,धर्म जस्ता सवालमा यो संबिधानले विभेद गरेका छ । उनले भने, ‘यसलाई संशोधन गरेर उत्कृष्ट संबिधान बनाउने उद्धेश्यले प्रधानमन्त्रीसँग लिखित सम्झौता गरेर हामी सरकारमा गएको हो त्यसको पालना हुन्न भने हामी सरकारमा बस्नुको औचित्य छैन ।’ उनले यस विषयमा प्रधानमंत्रीको युरोप भ्रमण पश्चात कुरा हुने समेत बताए ।

सोहि सभालाई सम्बोधन गर्दै समाजवादी पार्टी महिला इन्चार्ज सुशीला श्रेष्ठले महिला अधिकारको बारेमा आफ्ना भनाई राखेकी थिइन् ।

अन्तरक्रिया कार्यक्रममा एनआरएनए अमेरिका पूर्वसभापति शिब कुमार राई, न्युहेम्प्शयार नेपाली कम्युनिटीका अध्यक्ष सोम गुरुङ, नेपाली संघीय समाजका सुरेश चाम्लिङ्ग, लगायतले आफ्ना भनाई राखेका थिए भने आदिवाशी जनजाती महासंघका सुन्दरी गुरुङ, तमु समाजका शम्भु गुरुङ, एनआरएनए बोर्डमेम्बर छत्रा गुरुङ, तामाङ सोसैटिका पूर्वअध्यक्ष फुर्वा तामाङ युनाईटेड किरात राई अर्गनाइजेसन न्यूइंग्ल्यान्ड च्याप्टर सभापति मुक्ति राई ,जनसम्पर्क समितिका लोक लामा गोले लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

नेता राईले नेपाली फेडेरल सोसाइटी अमेरिका हालको परिवर्तित नाम ‘नेपाली समाज अमेरिका’ द्वारा गरिने अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम न्यूयोर्कमा सहभागी हुनेछन् ।

वि.सं.२०७६ जेठ २७ सोमवार १७:१४ मा प्रकाशित