back
CTIZAN AD

गोरखा माइक्रोबस दुर्घटना अपडेटः सात जना भारतीयको मृत्यु

वि.सं.२०८२ चैत १ आइतवार

393 

shares

गोरखा । सहिद लखन गाउँपालिका–३ कान्टारमा शनिबार भएको यात्रुवाहक माइक्रोबस दुर्घटनाको मृतकको पहिचान खुलेको छ ।

बा.प्र.०१–००६ ख ८४३० नम्बरको सो माइक्रोबसमा मनकामना दर्शन गरेर फर्कँदै गरेका यात्रु सवार रहेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख भरतबहादुर विकका अनुसार दुर्घटनामा परी निधन हुने सात जना भारतीय नागरिक छन् ।

भारतका करिब ५८ वर्षीय मुतु कुमार, ५८ वर्षकै अनामलिक, ५९ वर्षकी मीनाक्षी, ५३ का सिवगामी, ५७ वर्षका विजायल, ५८ वर्षकी मीना र ६० वर्षका तमिलारसीको घटनास्थलमा नै मृत्यु भएको छ ।

मनकामना दर्शन गरेर फर्केका १६ जना भक्तजन सवार विद्युतीय माइक्रोबस दुर्घटनामा परेको हो । सडकखण्डबाट करिब २०० मिटर तल खसेको माइक्रोको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने जनाइको छ ।

प्रहरी प्रमुख विकका अनुसार घटनाका घाइतेलाई उद्धार गरी थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन लगिएको छ । ६२ वर्षका सोरनम, ६५ वर्षका मङ्गदा जलम, ७५ वर्षकी सुभाद्रा, ६५ वर्पकी मायाल, ७३ वर्षकी सरोजा, ७५ वर्षकी भाग्यलक्ष्मी र ३४ वर्षकी मीनाक्षीको उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

चालक लमजुङको बेँसीसहर नगरपालिका–१ का ४६ वर्षका पुष्प मल्ल ठकुरी सकुशल छन् भने सहचालक बेँसीसहर नगरपालिका–३ का २९ वर्षका सन्तोष गुरुङ घाइते छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

वि.सं.२०८२ चैत १ आइतवार ११:४४ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...