back

दलित वडा सदस्यमाथि नै विभेद गरिएकोे गुनासो

वि.सं.२०७६ जेठ २८ मंगलवार

381 

shares
GLOBAL IME AD
NTC AD

२८ जेठ रुपन्देही । रुपन्देहीको स्थानीय तहमा दलित महिला सदस्यका रुपमा निर्वाचित जनप्रतिनिधिले विवाह, व्रतबन्ध र पूजामा आमन्त्रण नगरेर जातीय विभेद गरेको गुनासो गरेका छन् ।

बुटवलमा सोमबार लेखन र प्रकाशनका लागि मिडियासँग सम्बन्ध विस्तार कार्यशालामा उनीहरुले गैरदलित जनप्रतिनिधिलाई जस्तो आफूहरुलाई आत्सम्मान नभएको बताए । “हामीलाई समान अवसर दिने भनिएको छ तर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जातीय विभेद भएको छ”, बुटवल उपमहानगरपालिका–१३ की वडा सदस्य सरस्वती परियारले भने । उनले भने , “कानूनमै अनिवार्य गरिएकाले हामी जनप्रतिनिधिका रुपमा निर्वाचित भयौँ तर समान अवसर पाएका छैनौँ ।”

बुटवल उपमहानगरपालिका–१६ की वडा सदस्य निरु विकले विगतको तुलनामा भन्दा अहिले विवाह, व्रतबन्ध र पूजामा निजी विषय बनाएर आमन्त्रण गर्न छोडेको उल्लेख गर्दै जातीय विभेदको कुनै विषयसँग तुलना हुन सक्दैन भने ।

अर्का जनप्रतिनिधि माया बराल विकले आरक्षण कोटाले अवसर प्राप्त भए पनि जिम्मेवारी नपाएकामा चिन्ता व्यक्त गरे । स्थानीय पत्रकार सोना खातिकले आफूमाथि भएको जातीय विभेदविरुद्ध जागरुक हुन आग्रह गरे ।

पूर्व सभासद् विनोद पहाडीले जातीय विभेदको विषय राष्ट्रिय एजेण्डा हुनुपर्नेमा जोड दिए । राससका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार बालकृष्ण चापागाईंले सञ्चारमाध्यमले सामाजिक विषयलाई अघि ल्याएर बहस गराउँछ भने । कार्यशालाको पत्रकार हरिबहादुर थापाले सहजीकरण गरेका थिए ।

वि.सं.२०७६ जेठ २८ मंगलवार १४:२४ मा प्रकाशित

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

काठमाडौँ । लगानी र प्रतिफल सुनिश्चित भएमा भारतीय व्यापारिक घरानाले...

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

काठमाडौँ । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१...

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका...

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

काभ्रेपलाञ्चोक । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक...

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव र नेपालका लागि जापानका राजदूत...

प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने

प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी...