back
CTIZAN AD

एनआरएनए युकेको अध्यक्षमा प्रेम गाहाद्धारा उम्मेदवारी घोषणा

वि.सं.२०७६ जेठ २८ मंगलवार

624 

shares

२८ जेठ, युके । गैरआवासीय नेपाली संघ एनआरएनए युकेको अध्यक्षमा प्रेम गाहा मगरले उम्मेदवारी घोषणा गरेका छन् ।

हाल उपाध्यक्ष रहेका गाहाले आइतबार अल्डसर्टमा घोषणासभा कार्यक्रमको आयोजना गर्दै एनआरएनए युकेको अध्यक्षमा आफ्नो उम्मेदवारी दिएको घोषणा गरेका हुन् ।

सेप्टेम्बर १४ मा हुने एनआरएनए युकेको निर्वाचनका लागि अध्यक्षमा उम्मेदवारी घोषण गरेका गाहाले एनआरएनए युकेलाई नयाँ उचाइमा पुर्याउने, सबैको साझा संस्था बनाउने र विना सम्झौता संस्थाको हितमा काम गर्नेलगायतका प्रतिवद्धता व्यक्त गरेका छन् ।

एनआरएनए युकेको उपाध्यक्ष रहेर च्यारिटी विभागको संयोजकको रुपमा २ वर्ष सक्रिय रहेर काम गरेका मगरले संस्थाको अध्यक्षको लागि आफू सक्षम छु भन्ने प्रमाणित गरेर देखाउने समेत घोषणासभामा बताएका थिए ।

गाहाले एनआरएनए युकेको सदस्य संख्या २० हजार पुर्याउने, सदस्यहरुलाई परेको समस्या र आवस्यक सहयोगका लागि कार्यालय स्थापना गरेर एक पूर्णकालिन कर्मचारी व्यवस्था गर्ने, आपतकालिन कोषमा ५० हजार पाउण्ड जम्मा गराउने, नेपाल हाउस प्रोजेक्टका लागि अक्षकोष स्थापना गर्ने, भूपु गोर्खाहरुको आन्दोलनमा सहयोग गर्ने, युकेमा अध्ययनरत नेपाली विद्यार्थीको समस्या समाधानमा पहल गर्ने, अंग्रेजी नबुझ्ने गोर्खा तथा नेपाली वृद्धवृद्धाको सहजताका लागि स्वयमसेवकको व्यवस्था गर्ने, नेपाली भाषा संस्कृतिको सम्बद्र्धन र प्रवद्र्धन गर्ने, नेपाली महोत्सव लगायतका कार्यक्रमको आयोजना गर्ने लगायतका कार्यक्रम आफ्ना योजनामा समावेश गरेका छन् ।

त्यस्तै गाहाको प्राथमिकतामा गैरआवासीय नेपालीको नागरिकता अभियानलाई निष्कर्षमा लैजान पहल गर्ने, एनआरएनए आइसीसीका परोपकारी परियोजनामा बेलायतबाट सक्रिय सहभागिता गराउनेदेखि बेलायतस्थित युवा, विद्यार्थी, महिला, बुद्धिजीवी, पेशाकर्मी सबैलाई संस्थामा समावेश गर्ने, नेपाली दूतावास, नेपाल पत्रकार महासंघ बेलायतसहित बेलायतमा रहेका संघसंस्थाको सहकार्य गर्दै जाने पनि उनका प्रतिबद्धता रहेका छन् ।

एनआरएनए युकेका महासचिव आरके त्रिपाठीको संचालन रहेको उक्त कार्यक्रममा तमुधिं युकेका अध्यक्ष नन्दजंग गुरुङ, मगरसंघ बेलायतका अध्यक्ष सुनिल राना, गुल्मी जिल्ला समाजका अध्यक्ष टोप पल्ली, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपाङ्गी मगर, ग्रेटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष जीव वेल्वासे, एनआरएनए आयरल्याण्डका नारायण कंडेलले गाहालाई शुभकामना दिएका थिए ।

एनआरएनए युकेकी आइसीसी सदस्य शान्ति थापा कुवँर, एनआरएनए युकेका पूर्वअध्यक्ष योग फगामी, मगरसंघ युकेका पूर्वअध्यक्ष नेम थापा, मोना युकेका अध्यक्ष दल जुग्जाली, मगर संघ युकेका महासचिव रुद्र थापा, तमुधिं युकेका उपाध्यक्ष हितकाजी गुरुङ, गुल्मी जिल्ला समाजका संस्थापक अध्यक्ष ओम प्रसाद थापा काउचा, नेप्लीज युथ यूकेका अध्यक्ष धिरज राई र महासचिव खगेन थापा, जमघट परिवार यूकेका अध्यक्ष तीर्थ कुमार (ब्रुस) थापा, एनआरएनए युकेका सचिव तारानाथ भण्डारी पत्रकार बाचस्पति रेग्मी, एलिसा राना, रोहित गुरुङ, क्या ताम ढेंगा, राष्ट्र राई, अमृता गिरी लगायतले शुभकामना मन्तव्य दिदैं युवा उम्मेदवार गाहालाई सबैले साथ र सहयोग गर्नुपर्ने बताएका थिए ।

वि.सं.२०७६ जेठ २८ मंगलवार १४:३९ मा प्रकाशित

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...