back
CTIZAN AD

स्वास्थ्यमा राम्रा कार्यक्रम भए पनि जनताले फरक अनुभूति गर्न पाएनन्

वि.सं.२०७३ मंसिर २ बिहीवार

786 

shares

gagan thapa
२  मङ्सिर ,काठमाडौँ। स्वास्थ्यमन्त्री गगनकुमार थापाले संविधान जारी भएको एक वर्ष भइसक्दा पनि जनताले गुणस्तरीय स्वास्थ्य सेवाको महसुुस गर्न नसकेको बताउनुभएको छ ।

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागले आयोजना गरेको ‘आव २०७२÷०७३ मा सम्पादित स्वास्थ्य सेवा तथा कार्यक्रमको राष्ट्रिय वार्षिक प्रगति समीक्षा गोष्ठी’ मा उहाँले पुरानै कार्यशैली काम गर्ने बानीका कारण स्वास्थ्यका विषयमा राम्रा घोषणा गरिए पनि जनताले फरक अनुभूति गर्न नपाएको बताउनुभयो ।

संविधानमा गुणस्तरीय स्वास्थ्य सेवालाई जनताको मौलिक हकका रुपमा लेखिएको उल्लेख गर्दै मन्त्री थापाले संविधानमा लेखिएको निर्जीव अक्षरलाई जीवन्त बनाउने काम सबैको भएकामा जोड दिनुभयो ।  उहाँले भन्नुभयो, “संविधानमै आधारभूत स्वास्थ्य सेवा, गुणस्तरीय स्वास्थ्य सेवा र निःशुल्क स्वास्थ्य सेवा, आधारभूत, गुणस्तरीय र निःशुल्क उपचार, औषधिका बारेमा उल्लेख छ ।   यसमा गहन छलफल हुनु जरुरी छ । स्वास्थ्य सेवा निःशुल्क भनिएको छ तर त्यो जनताको करबाटै आएको पैसाले निःशुल्क भएको हो ।”

उहाँले भन्नुभयो, “हिजो के गर्ने ? भोलि के गर्ने ? एक महिनापछि के गर्ने ? कार्ययोजना बनाएर काम गर्नुप¥यो । अब यो भएन, त्यो भएन भनेर कर्मचारीले छुटकारा पाउँदैन ।”

सो अवसरमा स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले संविधानमा स्वास्थ्यसम्बन्धी जे कुरा उपलब्ध गराउन भनिएको छ, त्यो उपलब्ध गराउन मन्त्रालय जिम्मेवार रहेकाले सोहीअनुरुप काम गर्न कर्मचारीलाई आग्रह गर्नुभयो ।

तीन दिनसम्म चल्ने समीक्षा गोष्ठीमा पहिलो दिन आफ्नो क्षेत्रका स्वास्थ्य स्थितिबारे प्रतिवेदन प्रस्तुत गर्दै पाँचै विकास क्षेत्रका निर्देशकले सरकारले पर्याप्त औषधि पु¥याउन नसकेको, धेरै जिल्लामा अझ पनि एम्बुलेन्स नपुगेको, बर्थिङ सेन्टरमा सामान्य सुविधा नभएको, भूकम्पपछि स्वास्थ्य संस्था पुनःनिर्माण नहँुदा सेवा दिन गाह्रो भएको, सबै स्वास्थ्य संस्थामा चिकित्सक पु¥याउने भनिए पनि अझ पनि धेरै प्राथमिक स्वास्थ्य संस्थामा एक जना पनि चिकित्सक नपुगेको आदि  गुनासो गरेका थिए । रासस

वि.सं.२०७३ मंसिर २ बिहीवार ०३:०८ मा प्रकाशित

एमालेलाई हराउँदै डोटीमा नेपाली कांग्रेस विजयी

एमालेलाई हराउँदै डोटीमा नेपाली कांग्रेस विजयी

डोटी । एकमात्र निर्वाचन क्षेत्र रहेको यहाँ नेपाली कांग्रेसका उम्मेदवार...

‘दलीय राजनीतिबाट विदा लिए’ भन्दै यस्तो लेखे रबिन्द्र मिश्रले

‘दलीय राजनीतिबाट विदा लिए’ भन्दै यस्तो लेखे रबिन्द्र मिश्रले

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र...

किन हुन सकेन यी चार निर्वाचन क्षेत्रको मतगणना ?

किन हुन सकेन यी चार निर्वाचन क्षेत्रको मतगणना ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने ९प्रत्यक्ष०तर्फ...

बागलुङ-१, रुपन्देही-३ र ललितपुर १ -मा रास्वपाका खड्का, थापा र महर्जन विजयी

बागलुङ-१, रुपन्देही-३ र ललितपुर १ -मा रास्वपाका खड्का, थापा र महर्जन विजयी

काठमाडौं । रुपन्देही जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र...

बझाङमा एमालेका उम्मेदवार ऐनबहादुर महर विजयी

बझाङमा एमालेका उम्मेदवार ऐनबहादुर महर विजयी

चैनपुर (बझाङ) । प्रतिनिधिसभा निर्वाचन बझाङमा नेकपा (एमाले)का उम्मेदवार ऐनबहादुर...

प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता

प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले...