Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

११ जना बिजुली चोर पक्राउ



२  मङ्सिर, राजविराज । विद्युत् चुहावट बढेपछि सप्तरीमा विद्युत् चोरी नियन्त्रण गर्ने अभियान अन्र्तगत हिजो ११ जना विद्युत् चोरलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले सदरमुकाम राजविराजबाट उनीहरुलाई विद्युत् चोरी गर्दागर्दै पक्राउ गरेको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।  अभियुक्तमाथि  विद्युत्  चोरी नियन्त्रण ऐन अन्तर्गत कारबाही हुने प्राधिकरणले जनाएको छ ।

यस्तै प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरी टोलीले चौपाया चोरी मुद्दामा अदालतबाट फरार सप्तकोसी नगरपालिका–२ फत्तेपुर बस्ने महेन्द्र चौधरी र बहुविवाह मुद्दाका फरार लिल मो मन्सुरीलाई पक्राउ गरेको  इप्रका कञ्चपुरले जनाएको छ । जिल्ला अदालत राजविराजले चौधरीलाई दुई दिन कैद र रु १२ हजार तथा मन्सुरीलाई एक महिना कैद र रु दुई हजार जरिवाना गरेको थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।