back
CTIZAN AD

राजधानीमा नौमती–पञ्चेबाजा महोत्सव सुरु

वि.सं.२०७३ मंसिर २ बिहीवार

912 

shares

naumati-baja-mahotsab

२  मङ्सिर, काठमाडौँ। दोस्रो राष्ट्रिय नौमती–पञ्चेबाजा महोत्सव हिजोदेखि राष्ट्रिय नाचघर जमलमा सुरु भएको छ ।

बिहिबार आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले नगरा बजाएर महोत्सवको उद्घाटन गर्नुभयो । नेपाल नौमती–पञ्चेबाजा प्रतिष्ठान तथा सांस्कृतिक संस्थानले आयोजना गरेको  दुई दिने महोत्सवको हिजो पहिलो दिन पञ्चेबाजाका विभिन्न राग र धुन प्रस्तुत गरिएको थियो ।

रामेछाप, धादिङ, ललितपुरलगायत करिब आठ जिल्लाका टोलीले मङ्गल÷पल्टनिया धुन, बिहानचरी÷बेहुली माग्ने धुन, अन्माउने धुन, चौतल धुन, नेवारी ख्याली÷मालश्री रागलगायत नौमती तथा पञ्चेबाजाका प्रस्तुति दिएका थिए ।

त्यस्तै, कार्यक्रममा पञ्चम ब्यान्डको तर्फबाट सांस्कृतिक प्रस्तुति, दमाई नाच, हुड्के÷छलियासहित विभिन्न कला प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा उपराष्ट्रपति पुनले नेपालीको मौलिक संस्कृतिमा आधारित नौमती र पञ्चेबाजाको संरक्षण गर्दै यसलाई समयअनुकूल आधुनिकीकरण र व्यवसायीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “वैदिक कालभन्दा अघिदेखिको नौमती–पञ्चेबाजा संरक्षण र विस्तार हिजोको आवश्यकता हो । यसको जगेर्ना गर्नसके संस्कृति जोगिनुका साथै युवालाई पनि रोजगारी दिलाउन सकिने छ ।”

नौमती–पञ्चेबाजा प्रतिष्ठानका अध्यक्ष विनोद पहाडीले आफ्नो संस्था राजनीतिक र जातीय हिसाबले सबैको साझा बनाउने प्रयत्नमा लागेको बताउँदै नौमती–पञ्चेबाजा संरक्षणका लागि राज्यबाटै  बजेट विनियोजन हुनुपर्ने धारणा राख्नुभयो ।

सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले नौमती–पञ्चेबाजाको संरक्षणमा दमाई समुदायमात्र नभएर सबै समुदाय हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो । तस्बिर : रोशन सापकोटा, रासस

वि.सं.२०७३ मंसिर २ बिहीवार ०३:०४ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...