back
CTIZAN AD

एमाले र माओवादी केन्द्रका अध्यक्षबीच कुराकानी

वि.सं.२०७३ मंसिर २ बिहीवार

924 

shares

२  मङ्सिर, काठमाडाँै।  संविधान संशोधनका विषयमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेतृत्वबीच कुराकानी भएको छ ।

व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालका बीचमा हिजो अपराह्न सो विषयमा कुराकानी भएको थियो ।

उहाँहरुबीच करिब ४५ मिनेट भएको कुराकानी सकारात्मक रहेको भेटपछि प्रधानमन्त्री दाहालले सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो – “एमालेका अध्यक्ष ओलीजीसित संविधान संशोधनको विषयमा सकारात्मक रुपमा कुराकानी भयो । उहाँ यस विषयमा सकारात्मक देखिनुभएको छ ।”

मधेसी मोर्चाले संविधान संशोधनको प्रस्ताव १५ दिनभित्र व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्न प्रधानमन्त्री दाहाललाई ‘अल्टिमेटम्’  दिएपछि सो विषयमा सहमति जुटाउन उहाँले सत्तारुढ घटक नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेतृत्वसँगको छलफललाई तीव्र बनाइरहनु भएको छ ।

मधेसी मोर्चाले सरकारलाई संविधान संशोधनको प्रस्ताव छिटो ल्याउन दबाब दिन व्यवस्थापिका–संसद्को बैठकसमेत बहिष्कार गर्दै आएको छ । रासस

वि.सं.२०७३ मंसिर २ बिहीवार ०२:५७ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...