back

एमाले र माओवादी केन्द्रका अध्यक्षबीच कुराकानी

वि.सं.२०७३ मंसिर २ बिहीवार

516 

shares
GLOBAL IME AD
NTC AD

२  मङ्सिर, काठमाडाँै।  संविधान संशोधनका विषयमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेतृत्वबीच कुराकानी भएको छ ।

व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालका बीचमा हिजो अपराह्न सो विषयमा कुराकानी भएको थियो ।

उहाँहरुबीच करिब ४५ मिनेट भएको कुराकानी सकारात्मक रहेको भेटपछि प्रधानमन्त्री दाहालले सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो – “एमालेका अध्यक्ष ओलीजीसित संविधान संशोधनको विषयमा सकारात्मक रुपमा कुराकानी भयो । उहाँ यस विषयमा सकारात्मक देखिनुभएको छ ।”

मधेसी मोर्चाले संविधान संशोधनको प्रस्ताव १५ दिनभित्र व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्न प्रधानमन्त्री दाहाललाई ‘अल्टिमेटम्’  दिएपछि सो विषयमा सहमति जुटाउन उहाँले सत्तारुढ घटक नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेतृत्वसँगको छलफललाई तीव्र बनाइरहनु भएको छ ।

मधेसी मोर्चाले सरकारलाई संविधान संशोधनको प्रस्ताव छिटो ल्याउन दबाब दिन व्यवस्थापिका–संसद्को बैठकसमेत बहिष्कार गर्दै आएको छ । रासस

वि.सं.२०७३ मंसिर २ बिहीवार ०२:५७ मा प्रकाशित

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

झापा । भन्सार छलेर भारतीय कन्टेनरमा भित्रिएको रु तीन करोड...

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

काठमाडौँ । काठमाडौँबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर...

प्रचण्डद्वारा नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण

प्रचण्डद्वारा नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक दुई दशमलव ७९...

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु...