back
CTIZAN AD

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

वि.सं.२०७३ मंसिर १ बुधवार

1.1K 

shares

१ मङ्सिर , काठमाडौँ। राष्ट्रिय जनमुक्ति पार्टीले सरकारले प्रतिबद्धताअनुसार काम नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ ।

यहाँ आज पत्रकार सम्मेलन गर्दै पार्टीका अध्यक्ष खड्गप्रसाद पालुङ्गाले वर्तमान सरकारले पनि विगतका सरकारले झँै कुनै काम नगरेको भन्दै दिएको समर्थन फिर्ता लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “संविधानमा आउनुपर्ने विषय आएनन् अधिकांश जनताले यो संविधान स्वीकार गरेका छैनन् । सभामुखलाई ज्ञापनपत्र बुझाएका छौँ । संविधान संशोधनको कुरा चलेको छ । हामीले २६ बँुदे माग प्रधानमन्त्री कार्यालयमा पनि दर्ता गराएका छौँ ।”
संविधानमा जातीय ऐतिहासिक पृष्ठभूमि÷थातथलो र पहिचान एवम् सामथ्र्यका आधारमा एकल जातीय बाहुल्यता भएको प्रदेश निर्माण हुनुपर्ने, सङ्घीयताको मूल मर्म अवशिष्ट अधिकार प्रदेशमा हुनुपर्ने, बेरोजगारलाई भत्ताको व्यवस्था गर्नुपर्ने, आदिवासी, दलित, मधेसीलगायतका महिलाको पहिचान हुनेगरी संवैधानिक व्यवस्था गरिनुपर्नेलगायत माग ज्ञापनपत्रमा उल्लेख छ ।

साथै, अतिविशिष्ट र विशिष्ट व्यक्तिलाई राष्ट्रको ढकुटीबाट स्वास्थ्य उपचारका नाममा करोडौँ खर्चिने परिपार्टी अन्त्य हुनुुपर्ने, कालोबजारी र अनियन्त्रित महँगी नियन्त्रित हुनुपर्ने माग राखिएको छ ।

वि.सं.२०७३ मंसिर १ बुधवार १३:३३ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...