back

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

वि.सं.२०७३ मंसिर १ बुधवार

585 

shares
GLOBAL IME AD
NTC AD

१ मङ्सिर , काठमाडौँ। राष्ट्रिय जनमुक्ति पार्टीले सरकारले प्रतिबद्धताअनुसार काम नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ ।

यहाँ आज पत्रकार सम्मेलन गर्दै पार्टीका अध्यक्ष खड्गप्रसाद पालुङ्गाले वर्तमान सरकारले पनि विगतका सरकारले झँै कुनै काम नगरेको भन्दै दिएको समर्थन फिर्ता लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “संविधानमा आउनुपर्ने विषय आएनन् अधिकांश जनताले यो संविधान स्वीकार गरेका छैनन् । सभामुखलाई ज्ञापनपत्र बुझाएका छौँ । संविधान संशोधनको कुरा चलेको छ । हामीले २६ बँुदे माग प्रधानमन्त्री कार्यालयमा पनि दर्ता गराएका छौँ ।”
संविधानमा जातीय ऐतिहासिक पृष्ठभूमि÷थातथलो र पहिचान एवम् सामथ्र्यका आधारमा एकल जातीय बाहुल्यता भएको प्रदेश निर्माण हुनुपर्ने, सङ्घीयताको मूल मर्म अवशिष्ट अधिकार प्रदेशमा हुनुपर्ने, बेरोजगारलाई भत्ताको व्यवस्था गर्नुपर्ने, आदिवासी, दलित, मधेसीलगायतका महिलाको पहिचान हुनेगरी संवैधानिक व्यवस्था गरिनुपर्नेलगायत माग ज्ञापनपत्रमा उल्लेख छ ।

साथै, अतिविशिष्ट र विशिष्ट व्यक्तिलाई राष्ट्रको ढकुटीबाट स्वास्थ्य उपचारका नाममा करोडौँ खर्चिने परिपार्टी अन्त्य हुनुुपर्ने, कालोबजारी र अनियन्त्रित महँगी नियन्त्रित हुनुपर्ने माग राखिएको छ ।

वि.सं.२०७३ मंसिर १ बुधवार १३:३३ मा प्रकाशित

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

झापा । भन्सार छलेर भारतीय कन्टेनरमा भित्रिएको रु तीन करोड...

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

काठमाडौँ । काठमाडौँबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर...

प्रचण्डद्वारा नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण

प्रचण्डद्वारा नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक दुई दशमलव ७९...

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु...