
३ असार, काठमाडौँ । गृह मन्त्रालयले भारतबाट आउने मालवाहक सवारलिाई अनावश्यक रोकेर जाँचको नाममा दुःख नदिन निर्देशन दिएको छ । मन्त्रालयले गत जेठ २ गते गृहमन्त्री स्तरीय निर्णय बताउँदे प्रहरीप्रधान कार्यालय र सशस्त्र प्रहरीबल प्रधान कार्यालयलाई पत्राचार गरी सो निर्देशन दिएको हो ।
भारतका विभिन्न स्थानबाट कच्चा पदार्थ बोकेर भित्रिने ट्रक र ट्रेलरलाई स्थानीय प्रहरी र ट्राफिक प्रहरीले ओभरलोड भनेर रोक्ने, दुःख दिने, जरीवाना तिराउने र २–३ दिनसम्म होल्डमा राख्ने गरेकाले उद्योगले ढुवानीका साधनलाई अप्रत्यक्ष हर्जाना तिर्नु परेको र उद्योग सञ्चालनमा पनि असर परेको भन्दै गृहले यस्तो निर्देशन दिएको हो । मंगलबारको अभियान राष्ट्रिय दैनिकबाट
वि.सं.२०७६ असार ३ मंगलवार ०८:४८ मा प्रकाशित






























