Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

सिर्जना फाइनान्स सर्वोत्कृष्ट करदाता



२ मङ्सिर,विराटनगर  । विराटनगर उपमहानगरपालिका–८ स्थित प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडलाई आन्तरिक राजस्व कार्यालय लहान, सिरहाले सर्वोत्कृष्ट करदाताको रुपमा सम्मानित गरेको छ ।

‘पाँचौँ कर दिवस २०७३’ को अवसरमा बुधबार लहानमा एक कार्यक्रमबीच प्रमुख कर अधिकृत गोविन्दप्रसाद अधिकारीले सिर्जना फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भवानीशङ्कर चापागाईं र व्यावसायिक विशेषज्ञ सञ्चालक डा प्रमोदकुमार झालाई सम्मानित गरेको सो कार्यालयले बुधबार विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

मोरङ, सुनसरी र सप्तरी जिल्ला कार्यक्षेत्र रहेको सिर्जना फाइनान्सले २०७३ साल असोज मसान्तसम्म निक्षेप रु दुई अर्ब ४३ करोड सङ्कलन गरी कर्जा रु दुई अर्ब १४ करोड लगानी गरेको छ । २०७४ साल असार मसान्तसम्म आफ्नो कार्यक्षेत्रभित्र थप १६ शाखा खोल्ने लक्ष्य रहेको सो विज्ञप्तिमार्फत फाइनान्सका सञ्चालक सुवास आचार्यले जनाउनुभएको छ ।

२०७३ असार मसान्तको मुनाफावाट ५२.६६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको सिर्जना फाइनान्सले आगामी वर्षसम्मको नाफाबाट बोनस सेयर जारी गर्दै २०७५ असार मसान्तभित्र चुक्तापुूँजी रु ८० करोड पूरा गरी राष्ट्रियस्तरको फाइनान्स कम्पनी बन्ने लक्ष्यका साथ अगाडि बढेको प्रमुख कार्यकारी अधिकृत चापागाईंले जनाउनुभएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ