back
CTIZAN AD

सिर्जना फाइनान्स सर्वोत्कृष्ट करदाता

वि.सं.२०७३ मंसिर २ बिहीवार

1.1K 

shares

२ मङ्सिर,विराटनगर  । विराटनगर उपमहानगरपालिका–८ स्थित प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडलाई आन्तरिक राजस्व कार्यालय लहान, सिरहाले सर्वोत्कृष्ट करदाताको रुपमा सम्मानित गरेको छ ।

‘पाँचौँ कर दिवस २०७३’ को अवसरमा बुधबार लहानमा एक कार्यक्रमबीच प्रमुख कर अधिकृत गोविन्दप्रसाद अधिकारीले सिर्जना फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भवानीशङ्कर चापागाईं र व्यावसायिक विशेषज्ञ सञ्चालक डा प्रमोदकुमार झालाई सम्मानित गरेको सो कार्यालयले बुधबार विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

मोरङ, सुनसरी र सप्तरी जिल्ला कार्यक्षेत्र रहेको सिर्जना फाइनान्सले २०७३ साल असोज मसान्तसम्म निक्षेप रु दुई अर्ब ४३ करोड सङ्कलन गरी कर्जा रु दुई अर्ब १४ करोड लगानी गरेको छ । २०७४ साल असार मसान्तसम्म आफ्नो कार्यक्षेत्रभित्र थप १६ शाखा खोल्ने लक्ष्य रहेको सो विज्ञप्तिमार्फत फाइनान्सका सञ्चालक सुवास आचार्यले जनाउनुभएको छ ।

२०७३ असार मसान्तको मुनाफावाट ५२.६६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको सिर्जना फाइनान्सले आगामी वर्षसम्मको नाफाबाट बोनस सेयर जारी गर्दै २०७५ असार मसान्तभित्र चुक्तापुूँजी रु ८० करोड पूरा गरी राष्ट्रियस्तरको फाइनान्स कम्पनी बन्ने लक्ष्यका साथ अगाडि बढेको प्रमुख कार्यकारी अधिकृत चापागाईंले जनाउनुभएको छ । रासस

वि.सं.२०७३ मंसिर २ बिहीवार ०३:५४ मा प्रकाशित

तीन लाख वर्गफिटमा फैलिँदै नाडा अटो शो, ५३ सवारी ब्राण्डसहित २०० बढी स्टल

तीन लाख वर्गफिटमा फैलिँदै नाडा अटो शो, ५३ सवारी ब्राण्डसहित २०० बढी स्टल

काठमाडौं। यो महिना नेपालले गाडी हेर्दै बितायो । अर्को हप्ता,...

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको लामो इतिहास बोकेको प्रतिष्ठित नेपाल...

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...