back
CTIZAN AD

एसओएस बालग्रामका पाँच बालक चारदिनदेखि सम्पर्कविहीन

वि.सं.२०७३ मंसिर २ बिहीवार

1.1K 

shares

२ मङ्सिर,इटहरी  । एसओएस बालग्रामको भिलेजमा बसोबास गर्दै आएका पाँच बालक चार दिनदेखि सम्पर्कविहीन बन्न पुगेका छन । १५ वर्षीय दीपक बस्नेत र देव खत्रीसँगै १३ वर्षीय सन्त बस्नेत, सबिन बस्नेत र सन्देश थापा क्षेत्री भिलेजको पछिल्लो भागबाट पर्खाल नाघेर सम्पर्कबाहिर भएका हुन् ।

नेत्रविक्रम चन्द नेतृत्वको माओवादीको बन्द आह्वान भएको गत कात्तिक २८ गते दिउँसो बालग्राम भिलेजको पर्खाल नाघेर बाहिरिएका ती बालक बाहिरिनासाथ तत्काल खोजतलास जारी राखिएको निर्देशक गोविन्द मास्केले जानकारी दिनुभएको छ । ती बालक बाहिरिनासाथ प्रहरीलाई समेत खबर गरिएको पनि उहाँले जानकारी दिनुभएको छ ।

सम्भवतः बालग्राम आसपासकै क्षेत्रमा र आफन्तको घरमा गएको अनुमान गरी ती सम्भावित स्थानमा व्यापकरुपमा खोजतलास जारी गरिएको पनि उहाँले जानकारी दिनुहुँदै यतै आसपासका क्षेत्रमा लुकेर कसैको घरमा रहेको हुनसक्ने अनुमान गरी बालग्राम परिवारले व्यापक रुपमा प्रहरी समेतको संलग्नतामा खोजी जारी रहेको बताइएको छ ।

ती सबै बालक अभिभावक नभएका र कोही कारागारमा जेल सजायमा रहेका मानिसका छोरा रहेको रामधुनीभासी नगरपालिका–४ का रेवन्त सिंहले थप जानकारी दिनुहुँदै सम्पर्कविहीन भएकामध्ये इटहरी—४ का सबिन बस्नेतका बाबुले आमाको हत्या गरेपछि उनी संरक्षणका लागि बालग्राम भिलेजमा रहँदै आएको जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ मंसिर २ बिहीवार ०३:५६ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौँ । सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश,...