Logo
१६ जेष्ठ २०८०, मंगलवार
     Tue May 30 2023
E-paper
  English Edition
   Unicode
Logo

एसओएस बालग्रामका पाँच बालक चारदिनदेखि सम्पर्कविहीन



२ मङ्सिर,इटहरी  । एसओएस बालग्रामको भिलेजमा बसोबास गर्दै आएका पाँच बालक चार दिनदेखि सम्पर्कविहीन बन्न पुगेका छन । १५ वर्षीय दीपक बस्नेत र देव खत्रीसँगै १३ वर्षीय सन्त बस्नेत, सबिन बस्नेत र सन्देश थापा क्षेत्री भिलेजको पछिल्लो भागबाट पर्खाल नाघेर सम्पर्कबाहिर भएका हुन् ।

नेत्रविक्रम चन्द नेतृत्वको माओवादीको बन्द आह्वान भएको गत कात्तिक २८ गते दिउँसो बालग्राम भिलेजको पर्खाल नाघेर बाहिरिएका ती बालक बाहिरिनासाथ तत्काल खोजतलास जारी राखिएको निर्देशक गोविन्द मास्केले जानकारी दिनुभएको छ । ती बालक बाहिरिनासाथ प्रहरीलाई समेत खबर गरिएको पनि उहाँले जानकारी दिनुभएको छ ।

सम्भवतः बालग्राम आसपासकै क्षेत्रमा र आफन्तको घरमा गएको अनुमान गरी ती सम्भावित स्थानमा व्यापकरुपमा खोजतलास जारी गरिएको पनि उहाँले जानकारी दिनुहुँदै यतै आसपासका क्षेत्रमा लुकेर कसैको घरमा रहेको हुनसक्ने अनुमान गरी बालग्राम परिवारले व्यापक रुपमा प्रहरी समेतको संलग्नतामा खोजी जारी रहेको बताइएको छ ।

ती सबै बालक अभिभावक नभएका र कोही कारागारमा जेल सजायमा रहेका मानिसका छोरा रहेको रामधुनीभासी नगरपालिका–४ का रेवन्त सिंहले थप जानकारी दिनुहुँदै सम्पर्कविहीन भएकामध्ये इटहरी—४ का सबिन बस्नेतका बाबुले आमाको हत्या गरेपछि उनी संरक्षणका लागि बालग्राम भिलेजमा रहँदै आएको जानकारी दिनुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।

काठमाडौं । भारतमा हालै बनेको नयाँ सांसद भवनमा राखिएको ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा नेपालको

काठमाडौं । सरकारले २० संस्थान र समितिहरु खारेज गर्ने भएको छ । सोमबार आगामी

निरा गौतम, रुपन्देही । बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा