Logo
१४ आश्विन २०८०, आईतवार
     Sun Oct 1 2023
E-paper
  English Edition
   Unicode
Logo

‘योजना सम्झौता अभियान’, नेपालमै पहिलो



२ मङ्सिर,खोटाङ  । गुणस्तरीय र छिटो विकासका लागि जिल्ला विकास समिति खोटाङले ‘योजना सम्झौता अभियान’ सुरु गरेको छ ।

आर्थिक वर्षको अन्त्यतिर मात्र योजनाको सम्झौता गर्ने प्रचलनले जिल्लामा सञ्चालित अधिकांश योजना अधुरो रहने तथा सम्पन्न भएका योजना पनि गुणस्तरहीन हुने भएकाले त्यसलाई अन्त्य गर्दै गुणस्तरीय र छिटो विकास गर्ने उद्देश्यले एकमहिने सम्झौता अभियान थालिएको हो ।

योजना सम्झौतामा गरिने ढिलाइ र निर्माणका काममा हुने अधुरोपनालाई नियन्त्रण गर्न यही मङ्सिर मसान्तसम्म एकमहिने अभियान सुरु गरिएको स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले बताउनुभयो । “ढिला सम्झौता गर्नाले जिल्लाबाट करोडौँ बजेट फिर्ता हुने गरेको छ”, उहाँले भन्नुभयो, “आगामी दिनमा त्यस्तो हुन नदिन अभियान थालेका हौँ ।”

सम्झौता अभियान सफल पार्न जिल्लामा सञ्चालित सबै सञ्चारमाध्यमार्फत सूचना तथा सन्देश प्रकाशन÷प्रसारण सुरु गरिएको छ । एकमहिने अभियानका क्रममा पूर्वाधार विकास, सिँचाइ, नदी नियन्त्रण, विद्युत् विस्तार लगायतका योजनामा उपभोक्ता समितिसँग सम्झौता गरिने जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत नरहरि सापकोटाले जानकारी दिनुभयो ।

विगत वर्षमा जेठ÷असारमा मात्र योजना सम्झौता गरेर काम थालनी गर्दा गुणस्तरहीन निर्माण तथा ठूलो मात्रामा बजेट फ्रिज हुने गरेको थियो । जिविसले सञ्चालन गरेको सम्झौता अभियानले निर्माण उपभोक्ता समिति तथा सरोकारवाला निकायको ध्यान यसैतर्फ केन्द्रित भएको छ ।

गत वर्षदेखि सुरु गरिएको अभियान नेपालमै पहिलो भएको जिविस खोटाङले दाबी गरेको छ । जिविसले गत वर्ष मङ्सिर २० देखि पुस २० गतेसम्म एकमहिने अभियान सञ्चालन गरेको थियो । रासस


-->

बहराइन । गैरआवासीय नेपाली संघ९एनआरएन० का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा

काठमाडौँ । एक सय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न

म्याड्रिड । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले

काठमाडौं । रिचेत जलविधुत कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन