Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

५० हजार रोजगारी सिर्जना गर्ने उद्योग मन्त्रालयको योजना



nabindra-joshi
२ मंसिर, काठमाडौ । उद्योग मन्त्रालयले ५० हजार युवा तथा महिलाका लागि रोजगारी सिर्जना गर्ने योजना अघि सारेको छ । मन्त्रालयको कार्ययोजना कार्यान्वयनबारे जानकारी गराउँदै मन्त्री नविन्द्रराज जोशीले ११ हजार ४ सय ५० जनालाई ६ महिनाभित्र रोजगारीका लागि कार्यक्रम तयार हुने बताए ।
मन्त्रालयले गत भदौँ २६ को समयसीमा निर्धारण गरी सार्वजनिक गरेको कार्ययोजनको कार्यान्वयनका बारेमा जानकारी जानकारी दिँदै उक्त कुरा बताएका हुन् । उनले नेपालमा स्वदेशी तथा वैदेशिक लगानीका लागि राम्रो वातावरण बनेको बताउँदै आगामी फागुन १९ र २० गते नेपालमा अन्तर्राष्ट्रिय लगानीकर्ता सम्मेलन गरी जानकारी पनि दिएका थिए ।
सो अवसरमा उनले बन्द उद्योगहरु पुनः सञ्चालनका लागि पहल भैरहेको जानकारी गराउँदै ती उद्योगहरु सार्वजनिक, निजी साझेदार मोडलमा सञ्चालन हुने बताए । नेपाल औषधी लिमिटेडको पुनः सञ्चालन अन्तिम अवस्थामा पुगेको बताउँदै त्यसैगरी हेटौँडा कपडा उद्योग पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको लगानीमा पुनः सञ्चालन हुने जानकारी गराएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक एवम् सम्बन्धन प्राप्त क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनको मतपरिणम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले