back
CTIZAN AD

एशिया फाइनलका लागि खेलाडी छनोट

वि.सं.२०७६ असार ३ मंगलवार

768 

shares

३ असार, काठमाडौँ । सिङ्गापुरमा आयोजना हुने आइसिसी टी ट्वान्टी विश्वकप छनोटको एशिया फाइनल खेलका लागि आज प्रारम्भिक टोली घोषणा गरिएको छ ।
आगामी साउन ६ देखि १२ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि आइसिसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मलित छनोट समितिले २५ सदस्यीय प्रारम्भिक नेपाली टोलीको घोषणा गरेको हो ।

सो प्रतियोगिताका लागि नन्दनकुमार यादव पहिलो पटक छनोटमा परेका छन् । आगामी सन् २०२० मा आयोजना हुने विश्वकप छनोटको रुपमा रहेको उक्त फाइनल खेलका लागि नेपाली टोलीको बन्द प्रशिक्षण यही असार ५ गतेबाट शुरु हुनेछ । छनोट हुनेमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, अविनाश बोहरा, वसन्त रेग्मी, अमित श्रेष्ठ, भीम सार्की, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, जीतेन्द्रकुमार मुखिया, करण केसी, कुशल भुर्तेल र ललित भण्डारी छन् ।

त्यसैगरी ललितनारायण राजवंशी, आरिफ शेख, नन्दन यादव, पवन सर्राफ, प्रदीप ऐरी, राजु रिजाल, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, साहव आलम, शरद भेषवाकर, सोमपाल कामी, सन्दीप जोरा र सुशन भारी छनोटमा परेका छन् ।
एशिया छनोटमा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपालले आगामी साउन ७ गते कतारसँग खेल्दै प्रतियोगिता उद्घाटन गर्नेछ ।

वि.सं.२०७६ असार ३ मंगलवार १४:४७ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...