back
CTIZAN AD

प्रहरीको गोली लागेर विप्लव नेतृत्व पार्टीको जिल्ला इन्चार्जको मृत्यु

वि.सं.२०७६ असार ५ बिहीवार

660 

shares

५ असार, सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेही नदीको किनारमा प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूह कार्यकर्ताबीच दोहोरो गोली हानाहान हुँदा प्रहरीको गोलीले सर्लाहीका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको छ ।

लालबन्दीबाट चार जनाको समूहमा मोटरसाइकलले जङ्गलको बाटो हुँदै नवलपुरतर्फ आउँदै गरेको पौडेल नेतृत्वको टोलीले नेपाल प्रहरीको विशेष टोलीलाई लक्षित गर्दै गोली चलाएपछि दोहोर भिडन्त भएको प्रहरीले जनाएको छ ।

जवाफमा प्रहरीले पनि गोली चलाउँदा पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रदेश नं २ को राजधानी जनकपुरबाट पौडेललाई खोज्न खटिएको नेपाल प्रहरीको विशेष टोलीसँग पौडलको दोहोरो गोली हानाहान भएको थियो ।

प्रहरीले गोली चलाउन थालेपछि पौडेलको साथमा रहेको अन्य तीन जना फरार भएका छन् । घटनास्थलबाट प्रहरीले केही थान हरितयार मोटरसाइकल पनि फेला पारेको छ । उनीहरु जङ्गलको बाटो भएर भागेको प्रहरीले जनाएको छ । “पौडेल मारिएका छन्, घटनाको विस्तृत जानकारी आउन अझै बाँकी छ”, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले भने ।

सर्लाही वागमती नगरपालिका–२, धरहरा निवासी पौडेल चुरे भावर राष्ट्रिय एकता पार्टी स्थापना भएपछि सर्लाही अध्यक्ष बनेका थिए । एकीकृत नेकपा पार्टी फुटाएर मोहन वैद्यले पार्टी गठन गरेपछि पौडेल त्यसमा लागेको थिए । लगत्तै वैद्यसँग पार्टी फुटाएर विप्लवले नयाँ समूह खोलेपछि पौडेल त्यसमा सामेल भएका थिए । केही दिनदेखि पौडेल सर्लाहीमा चन्दा आतङ्क मचाएको स्थानीय तहका प्रमुखले जनाएका छ ।

वि.सं.२०७६ असार ५ बिहीवार १९:१३ मा प्रकाशित

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

सिद्धार्थनगर (भैरहवा) । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा...

पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार...

रास्वपाले समानुपातिकतर्फका ५७ सांसदको नामावली टुंगो लगायो

रास्वपाले समानुपातिकतर्फका ५७ सांसदको नामावली टुंगो लगायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीतर्फका...

Daraz Nepal को ‘द रियल सेल’ सुरु, ६० प्रतिशतसम्म छुट

Daraz Nepal को ‘द रियल सेल’ सुरु, ६० प्रतिशतसम्म छुट

काठमाडौं । Daraz Nepal ले आफ्ना ग्राहकका लागि ‘द रियल...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो...

एघार महिनामा ६ हजार विपद्का घटना

एघार महिनामा ६ हजार विपद्का घटना

काठमाडौँ । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार...