back
CTIZAN AD

Daraz Nepal को ‘द रियल सेल’ सुरु, ६० प्रतिशतसम्म छुट

वि.सं.२०८२ चैत १ आइतवार

567 

shares

काठमाडौं । Daraz Nepal ले आफ्ना ग्राहकका लागि ‘द रियल सेल’ अभियान सार्वजनिक गरेको छ। कम्पनीका अनुसार उक्त सेल चैत १ (मार्च १५) बेलुका ८ बजेदेखि सुरु भई चैत ६ (मार्च २०) सम्म सञ्चालन हुनेछ।

कम्पनीले यो अवधिमा विभिन्न सामानमा ६० प्रतिशतसम्म छुट, छनोट गरिएका सामानमा निःशुल्क डेलिभरी तथा करिब ६३ लाख रुपैयाँ बराबरका भौचर उपलब्ध गराइने जनाएको छ।

सेल अन्तर्गत विभिन्न साझेदार ब्रान्डबाट विशेष छुट पनि दिइनेछ। प्लेटिनम पार्टनर Church & Dwight र Rohto Pharmaceutical का उत्पादनमा ४४ प्रतिशतसम्म छुट, गोल्ड पार्टनर Brandhouse का उत्पादनमा ६० प्रतिशतसम्म छुट तथा सिल्भर पार्टनर Nike का उत्पादनमा ५० प्रतिशतसम्म छुट उपलब्ध हुने बताइएको छ।

यस सेलमा ‘Best Price’ ट्याग भएका सामानमा ग्राहकलाई ‘२ गुणा मूल्य फरक फिर्ता’ सुविधा पनि दिइनेछ। यदि ग्राहकले सोही सामान नेपालका अन्य अनलाइन प्लेटफर्ममा सस्तो मूल्यमा फेला पारेमा कम्पनीले मूल्य फरकको दोब्बर रकम फिर्ता गर्ने जनाएको छ।

सेल अवधिभर ग्राहकले स्वास्थ्य तथा सौन्दर्य सामग्री, फेसन, अडियो तथा वेयरेबल्स, फर्निचर, घर सजावट लगायत विभिन्न श्रेणीका सामानमा आकर्षक अफर पाउने कम्पनीले जनाएको छ।

सन् २०१५ मा स्थापना भएको Daraz Group दक्षिण एशियाको अग्रणी ई–कमर्स प्लेटफर्ममध्ये एक हो। यसको सञ्चालन नेपालसहित पाकिस्तान, बंगलादेश, श्रीलंका र म्यानमारमा रहेको छ।

वि.सं.२०८२ चैत १ आइतवार १२:०३ मा प्रकाशित

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...