back
CTIZAN AD

सामसुङले ग्यालेक्सी बड्स४ प्रो सार्वजनिक

वि.सं.२०८२ चैत १ आइतवार

456 

shares

काठमाडौं । Samsung ले नयाँ वायरलेस इयरबड Samsung Galaxy Buds4 Pro सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो इयरबड अत्याधुनिक प्रविधि र एआई–आधारित सुविधासहित प्रिमियम ध्वनि अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको हो।

कम्पनीले जनाएको अनुसार ग्यालेक्सी बड्स४ प्रोमा दुई–तर्फी स्पिकर प्रणाली समावेश गरिएको छ, जसले गहिरो बास, स्पष्ट मिड र क्रिस्प हाई फ्रिक्वेन्सी प्रदान गर्दै संगीत, चलचित्र तथा कलका लागि उत्कृष्ट अडियो अनुभव दिन्छ। साथै, एआई–सञ्चालित एक्टिभ न्वाइज क्यान्सलेसन (ANC) प्रणालीले वरपरको अनावश्यक आवाज कम गर्दै प्रयोगकर्तालाई स्पष्ट ध्वनि सुन्न सहयोग गर्छ।

यस इयरबडमा अत्याधुनिक माइक्रोफोन तथा एआई–आधारित न्वाइज रिडक्सन प्रविधि प्रयोग गरिएको छ, जसले प्रयोगकर्ताको आवाजलाई प्राथमिकता दिँदै पृष्ठभूमिको आवाज कम गर्ने क्षमता राख्छ। कम्पनीका अनुसार यसले व्यस्त वातावरणमा पनि स्पष्ट कल गर्न सहयोग पुर्‍याउँछ।

नयाँ इयरबड Samsung Galaxy Buds4 Pro ले स्मार्टफोन, स्मार्टवाच तथा भ्वाइस असिस्टेन्ट जस्ता ग्यालेक्सी इकोसिस्टमका विभिन्न उपकरणसँग सहज रूपमा कनेक्ट भएर काम गर्ने सुविधा पनि प्रदान गर्दछ।

Pranaya Ratna Shakya ले नयाँ उत्पादन सार्वजनिक गर्दै एआई–सञ्चालित प्रविधि र उत्कृष्ट अडियो इन्जिनियरिङमार्फत प्रयोगकर्तालाई थप उत्कृष्ट श्रवण अनुभव प्रदान गर्ने उद्देश्य रहेको बताए।

मूल्यका हिसाबले Samsung Galaxy Buds4 Pro को नेपाली बजार मूल्य ३३ हजार ९९९ रुपैयाँ तोकिएको छ भने Samsung Galaxy Buds4 को मूल्य २४ हजार ७९९ रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ। बड्स४ प्रो कालो र सेतो रंगमा उपलब्ध हुनेछ।

ग्राहकले २४ महिनासम्मको किस्ताबन्दी योजनामार्फत पनि यो इयरबड खरिद गर्न सक्नेछन्, जसका लागि Hulas Finserv Hire Purchase Limited सँग सहकार्य गरिएको कम्पनीले जनाएको छ। साथै, ग्राहकहरूले नजिकको अधिकृत सामसुङ विक्रेताबाट उत्पादनबारे थप जानकारी प्राप्त गर्न सक्नेछन्।

वि.सं.२०८२ चैत १ आइतवार ११:५७ मा प्रकाशित

सुवा बाढीः १६५ जनाको शव फेला, ५७९ यात्रु बेपत्ता

सुवा बाढीः १६५ जनाको शव फेला, ५७९ यात्रु बेपत्ता

काठमाडौँ । रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित...

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु

नुवाकोट । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा...

भोटेकोशी विपदमा छलफल गर्न  सर्वदलीय बैठक सुरु

भोटेकोशी विपदमा छलफल गर्न  सर्वदलीय बैठक सुरु

काठमाडौँ । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत...

भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन

भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशी बाढीपछि रसुवामा कार्यरत २८ प्रहरी कर्मचारी सम्पर्कविहीन...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...