back
CTIZAN AD

एन आई सी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

वि.सं.२०८२ चैत १ आइतवार

504 

shares

काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत काठमाडौंको तिलगंगास्थित शान्ति सेवा गृहमा रहेका १५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ।

विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि तथा पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले झोला तथा अन्य आवश्यक शैक्षिक सामग्री सहयोग गरेको हो। उक्त सामग्री बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले शान्ति सेवा गृहकी प्रबन्ध निर्देशक अप्सरा कार्कीलाई फाल्गुण २८ गते आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन्।

लामो समयदेखि परोपकारी संस्थाका रूपमा कार्यरत शान्ति सेवा गृहमा आश्रित बालबालिकाहरूलाई प्रदान गरिएको यस सहयोगले उनीहरूको अध्ययनलाई निरन्तरता दिन र शैक्षिक गुणस्तर सुधार गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।

यसै वर्ष बैंकले सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत गरिब, जेहेन्दार, विपन्न तथा पिछडिएका वर्गका साथै शारीरिक रूपमा विशेष क्षमता भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको जनाएको छ।

यसअघि पनि बैंकले सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुका साथै सातै प्रदेशका विभिन्न विद्यालयमा पुस्तकालय भवन निर्माण गरी पुस्तकालय स्थापना गर्ने कार्य गरिसकेको छ।

वि.सं.२०८२ चैत १ आइतवार ११:५३ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...