back

 सप्ताह सुरु हुनु अगाडी नै २ लाख ४२ डलर संकलन

वि.सं.२०७६ असार ८ आइतवार

531 

shares

विजय थापा ,वासिंगट्न डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा आयोजना गरिएको डिसी मेट्रो सप्ताह कार्यक्रमको पहिलो दिन २ लाख ४२ हजार ३ सय ३९ डलर संकलन भएको छ ।

भर्जिनियाको फेयरफ्याक्स स्थित लोटस टेम्पल(मन्दिर)परिसरमा सप्ताह महापुराणको आयोजना गरि नेपाली अमेरिकन सामुदायिक केन्द्रको निर्माणार्थ गरिएको डिसी मेट्रो सप्ताह सुरु हुनु अगाडी नै उक्त रकम संकलन भएको हो । आयोजकले अमेरिकाको पूर्वीय समय ८स्०० बजे सम्म २ लाख ४२ हजार ३ सय ३९ डलर संकलन भएको जानकारी दिएका छन् ।

संकलन वृद्धि हुने क्रम जारी रहेको छ । जुन २२ देखि २९ सम्म संचालन हुने सप्ताहको पहिलो दिन कलस यात्रा बिशेष कार्यक्रम मात्र रहेको थियो । ४ सय कलस नेपालबाट झिकाइएको मध्ये सबै समाप्त भएको थियो । मन्दिर ३ पटकको परिक्रमा पछि कलस सप्ताह पुराण मंच अगाडी राखिएको छ भने विधिवत रुपमा सप्ताहको उद्घाटन गरिएको छ ।

उद्घाटन कार्यकममा पाँच दशक भन्दा बढी समय अमेरिकामा रहनु भएका प्रा डा विष्णु पौडल मुख्य सल्लाहकार ,सप्ताह संयोजक अरुण रुपाखेती ,सप्ताह तथा नेपाली अमेरिकन सामुदायिक केन्द्रका सामाजिक अभियन्ता ददिराम ढुंगाना ,सप्ताह कै अर्का अभियन्ता गोपाल रेग्मी तथा नेपाल बाट सप्ताहको लागि झिकाइएका पण्डित वाचन प्रविण दिनबन्धु पोखरेलले सप्ताह को बारेमा बोलेका थिए ।

उक्त डिसी मेट्रो सप्ताहमा १२ सय २४ जना मूल समारोह समिति सदस्यहरु रहेका छन् । मूल आयोजक समितिमा विभिन्न समुह उपसमुहहरु बनाई कार्य विभाजन गरिएको छ । डिसी मेट्रो सप्ताह तयारी समितिले आयोजकमा नाम दर्ता गर्नु भएका सवै १२ सय २४ जनाको नाम पनि सार्वजनिक गरेको छ ।

धार्मिक एवं आध्यात्मिक आनन्द प्राप्तीको लक्ष्य सहित सामुदायिक केन्द्र निर्माणको योजनाका लागि आर्थिक संकलन गर्ने कार्यक्रमको प्रमुख उद्देश्य रहेकोले सुरुवात सकरात्मक संकेत देखिएको छ । सप्ताहको लागि सहयोग गर्ने अधिकांस दाताहरुले प्रतिबद्धता मात्र नगरी धनादेश ९चेक० आयोजकलाई हस्तान्तरण गरेका छन् । समुदाय सदस्यहरु बिभिन्न प्रकारका सदस्य बन्ने प्रक्रिया उल्लेखनीय रुपमा जारी रहेको छ ।

सप्ताहको पहिलो दिन कलस यात्रामा अत्यधिक महिलाहरुको सहभागिता रहेको थियो । कलस यात्राको लागि उक्त मन्दिर परिक्रमा ३ पटक गर्न ४ वटा लाम बनाइएको थियो । बिशेष गरि महिलाहरु सामुदायिक केन्द्र बन्ने कुरामा बिश्वस्त रहेको बताएका थिए ।आयोजक तथा पुरुषहरुले पनि अब सामुदायिक केन्द्र बन्न कुनै चिजले बाधा नगर्ने कुरा बताउदै जसरी भए पनि समदायिक केन्द्र बन्ने बताएका थिए ।

जुन २३ देखि पण्डित पोखरेलले मुख्य वाचकको रुपमा वाचन गर्ने छन् । यसैबीच सप्ताह शुरुहुनु अघि नै पचासौं दाताहरुले गुठियार (ट्रष्टी)र बेनेफ्याक्टर(उपकारी)सदस्य बनेका छन् ।

ईञ्जाका अध्यक्ष पत्रकार गुणराज लुइटेल र सीता लुइटेल जोडी पहिलो ट्रष्टी (गुठियार) सदस्य बनेका छन् भने साहित्यकार पुरू सुवेदी र कल्पना सुवेदी पहिलो उपकारी ९बेनेफ्याक्टर० सदस्य बनेका छन् ।

यसै गरि भर्जिनियाको सेन्टरभिल स्थित नेपाली पाठशालाले संस्थागत रुपमा पहिलो पकारी (बेनेफ्याक्टर) सदस्य बन्दै १२ हजार डलर हस्तान्तरण गरेको छ ।

यसै गरि हर्नडनका सामाजिक अभियन्ता गोविन्द सुबेदी दम्पत्ति (जोडी)ले गुठियार सदस्य बन्दै ४ हजार १ डलरको धनादेश (चेक) लगायत थुप्रै सामाजिक अभियन्ताहरु बिभिन्न सदस्यहरु बनेका छन् ।

वि.सं.२०७६ असार ८ आइतवार १३:५४ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...