back

पूर्व गृह राज्यमन्त्री बाँस्कोटालाई सम्मानार्थ विद्यावारिधि

वि.सं.२०७६ असार ८ आइतवार

519 

shares

८ असार, काठमाडौँ । योग, ध्यान र यज्ञका माध्यमबाट राष्ट्र एवं विश्व शान्तिका लागि महत्वपूर्ण योगदान दिएको भन्दै अमेरिकाको आयोवामा रहेको महर्षि व्यवस्थापन विश्वविद्यालयले पूर्व गृह राज्यमन्त्री दीपकप्रकाश बाँस्कोटालाई सम्मानार्थ विद्यावारिधि प्रदान गरेको छ ।

नेपाली काङ्ग्रेसबाट राजनीति शुरु गरेका बाँस्कोटा पछिल्लो समय पार्टी गतिविधि भन्दा वैदिक ज्ञानको प्रचारप्रसारमा सक्रिय छन् । दुई दशक अघिदेखि नेपाल महर्षि वैदिक फाउण्डेसन नामक संस्था स्थापना गरी वैदिक नेपाल बनाउने अभियानमा उनी क्रियाशील छन् ।

महर्षि महेश योगी शुरु गरेका विश्वव्यापी रुपमा वैदिक ज्ञान प्रसारको अभियानमा फाउण्डेसन सक्रिय हुँदै आएको छ । यस अभियान अन्तर्गत हाल देशका ७५ वटा वैदिक गुरुकुलमा राष्ट्र एवं विश्व शान्तिको सङ्कल्पले योग, भावातित ध्यान, सिद्धिसहित रुद्राभिषेक भइरहेको छ ।

विगत पाँच वर्षदेखि गुरुकुलमा यो अनुष्ठान भइरहेको छ । यसअघि शान्ति प्रक्रियाको सफलतासहित दिगो राष्ट्र एवं विश्व शान्तिको कामना गर्दै काठमाडौँको बाँसबारी र पशुपतिस्थित विश्वरुप मन्दिरमा पनि वैदिक रुद्राभिषेक गरिएको थियो ।

राष्ट्रिय सहकारी महासङ्घका पूर्व अध्यक्षसमेत रहेका बाँस्कोटा अर्गानिक खेतीमा समेत संलग्न छन् । आयुर्वेदलगायत वैदिक कृषि, वास्तु लगायतको प्रवद्र्धनमा समेत उनले महत्वपूर्ण काम गरेको फाउण्डेसनले जनाएको छ ।

श्वव्यापी रुपमा फैलिएका महर्षि महेश योगीका चेलाले नेपालमा वैदिक ज्ञानको प्रचारप्रसारका लागि सहयोग गर्दै आएका छन् । ऋग्वेदबाट आएको भावातित ध्यानका प्रणेता महर्षि महेश योगीले विसं २०३१ मा नेपाल भ्रमण गर्नुहुँदा नेपालले वैदिक ज्ञान प्रसारमा विश्वको नेतृत्व गर्नसक्ने प्रवचन टुँडिखेलमा गरेका थिए । हिमालयको देश नेपालमा प्राचीन कालमा ऋषिमुनिले ध्यान साधनाका माध्यमबाट वेदका मन्त्र देखेकाले गुरु देशका रुपमा विकास गर्न वैदिक ज्ञानको विस्तार गरिनुपर्ने महेश योगीको जोड थियो ।

महेश योगीको श्रव्यदृश्य सामग्रीबाट प्रभावित भई उनका चेलाको ध्यान हाल नेपालमा केन्द्रित भएको फाउण्डेसनले जनाएको छ । सम्मानार्थ विद्यावारिधि उपाधि पाएपछि रासससँग कुरा गर्दै अध्यक्ष बाँस्कोटाले यो सम्मान समग्र नेपालको वैदिक अभियानका लागि भएको प्रतिक्रिया दिए ।

नेपालमा निकट भविष्यमै वैदिक कृषि, वैदिक स्वास्थ्य, वैदिक आवास, चेतनामा आधारित शिक्षालगायत कार्यक्रम विस्तार गर्ने तयारी भइरहेको जानकारी पनि उनले दिए । हाल एक दर्जन विद्यालयमा भावातित ध्यानसहितको चेतनामा आधारित शिक्षा लागू भएको छ ।

वि.सं.२०७६ असार ८ आइतवार १३:५४ मा प्रकाशित

Himalayan Life AD
विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

काठमाडौं । वाम दलबीचको एकता प्रयासलाई साथ दिँदै माओवादी केन्द्र...

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै “निरन्तर...

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४...

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा पोखरामा आगजनी र तोडफोडमा संलग्न...

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

काठमाडौँ । काठमाडौं । पर्वतको मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै...

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी पदमुक्त

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी पदमुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी...