back
CTIZAN AD

दिपक मनाङ्गे नेकपामा प्रवेश

वि.सं.२०७६ असार १९ बिहीवार

1.8K 

shares

१९ असार, पोखरा । मनाङ जिल्ला निर्वाचन क्षेत्र (ख) बाट निर्वा्चित स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन् । नेकपा गण्डकी प्रदेश कमिटीद्वारा आज यहाँ आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा गण्डकी प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले गुरुङ र नेत्रविक्रम चन्द समूह कास्की जिल्ला सचिवालय सदस्य पुष्प कार्कीलाई टीका खादासहित नेकपाको सदस्यता प्रदान गरेका थिए ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङले लोकतान्त्रिक विधि र प्रक्रियाबाटै नेपालका कम्युनिष्टले सरकारको नेतृत्व गरिरहेको उल्लेख गर्दै मुलुकका सबै कम्युनिष्ट एकताबद्ध हुनुपर्नेमा जोड दिएका थिए ।

विध्वंसात्मक गतिविधि सञ्चालन गर्दै आएकाहरु मूलधारको राजनीतिमा आउनाको विकल्प नभएको बताउँदै उहाँले जनताका लागि यस्ता क्रियाकलाप सह्य हुँदैन भने ।

‘दीपक मनाङे’को प्रवेशसँंगै गण्डकी प्रदेशसभामा नेकपाको स्पष्ट दुई तिहाइ बहुमत भएको जिकिर गरिएको छ ।

नवप्रवेशी कार्कीले नेकपाको सिद्धान्त आत्मसात् गर्दै आफू क्रियाशील हुने बताउँदै समृद्धि र विकासको लक्ष्य वर्तमान नेकपा नेतृत्वको सरकार र पार्टीले गर्ने विश्वासका साथ आफूले पार्टी प्रवेश गरेको बताए ।

नेकपा मनाङका अध्यक्ष एवम् सङ्घीय सांसद पाल्डेनथोपान गुरुङले प्रदेशसभा सदस्य गुरुङ पार्टीमा प्रवेश गरेसंँगै मनाङ जिल्ला कम्युनिष्टमय हुने विश्वास व्यक्त गर्दै यसबाट जिल्लाको समग्र विकासमा समेत टेवा पुग्ने बताए ।

नेकपा कास्कीका अध्यक्ष एवम् प्रदेशसभा सदस्य कृष्ण थापा र नेकपा प्रदेश सचिव गोविन्द नेपालीले पार्टी एकीकरणका अधिकांश काम सम्पन्न भइसकेका अवस्थामा पार्टीप्रतिको आस्था विश्वास अभैm बढ्दै गएको धारणा राखेका थिए ।

वि.सं.२०७६ असार १९ बिहीवार १४:४१ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...