back

दिपक मनाङ्गे नेकपामा प्रवेश

वि.सं.२०७६ असार १९ बिहीवार

1.6K 

shares

१९ असार, पोखरा । मनाङ जिल्ला निर्वाचन क्षेत्र (ख) बाट निर्वा्चित स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन् । नेकपा गण्डकी प्रदेश कमिटीद्वारा आज यहाँ आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा गण्डकी प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले गुरुङ र नेत्रविक्रम चन्द समूह कास्की जिल्ला सचिवालय सदस्य पुष्प कार्कीलाई टीका खादासहित नेकपाको सदस्यता प्रदान गरेका थिए ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङले लोकतान्त्रिक विधि र प्रक्रियाबाटै नेपालका कम्युनिष्टले सरकारको नेतृत्व गरिरहेको उल्लेख गर्दै मुलुकका सबै कम्युनिष्ट एकताबद्ध हुनुपर्नेमा जोड दिएका थिए ।

विध्वंसात्मक गतिविधि सञ्चालन गर्दै आएकाहरु मूलधारको राजनीतिमा आउनाको विकल्प नभएको बताउँदै उहाँले जनताका लागि यस्ता क्रियाकलाप सह्य हुँदैन भने ।

‘दीपक मनाङे’को प्रवेशसँंगै गण्डकी प्रदेशसभामा नेकपाको स्पष्ट दुई तिहाइ बहुमत भएको जिकिर गरिएको छ ।

नवप्रवेशी कार्कीले नेकपाको सिद्धान्त आत्मसात् गर्दै आफू क्रियाशील हुने बताउँदै समृद्धि र विकासको लक्ष्य वर्तमान नेकपा नेतृत्वको सरकार र पार्टीले गर्ने विश्वासका साथ आफूले पार्टी प्रवेश गरेको बताए ।

नेकपा मनाङका अध्यक्ष एवम् सङ्घीय सांसद पाल्डेनथोपान गुरुङले प्रदेशसभा सदस्य गुरुङ पार्टीमा प्रवेश गरेसंँगै मनाङ जिल्ला कम्युनिष्टमय हुने विश्वास व्यक्त गर्दै यसबाट जिल्लाको समग्र विकासमा समेत टेवा पुग्ने बताए ।

नेकपा कास्कीका अध्यक्ष एवम् प्रदेशसभा सदस्य कृष्ण थापा र नेकपा प्रदेश सचिव गोविन्द नेपालीले पार्टी एकीकरणका अधिकांश काम सम्पन्न भइसकेका अवस्थामा पार्टीप्रतिको आस्था विश्वास अभैm बढ्दै गएको धारणा राखेका थिए ।

वि.सं.२०७६ असार १९ बिहीवार १४:४१ मा प्रकाशित

Himalayan Life AD
आज १२५ राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री

आज १२५ राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सबै राजनीतिक दलहरुलाई सिंहदरबार...

सिरहामा डाँका समूहको गोली प्रहारबाट बाबु-छोरा घाइते

सिरहामा डाँका समूहको गोली प्रहारबाट बाबु-छोरा घाइते

जनकपुरधाम । सिरहामा डाँका समूहको गोली प्रहारबाट दुई जना गम्भीर...

बालाचतुर्दशीः डोलेश्वर,ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज

बालाचतुर्दशीः डोलेश्वर,ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज

भक्तपुर । यहाँस्थित डोलेश्वर महादेव मन्दिर ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा शतबीज...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

  काठमाडौँ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अभिलेख पूर्ण रूपमा सुरक्षित...