back
CTIZAN AD

मुख्यमन्त्री र नगरप्रमुख बनाउन मात्र सङ्घीयता ल्याएका होइनौँ– मुख्यमन्त्री सुब्बा

वि.सं.२०७६ असार २२ आइतवार

1.1K 

shares

२२ असार, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुख्मन्त्री, नगरप्रमुख र गाउँपालिका अध्यक्ष बनाउनका लागि मात्र सङ्घीय व्यवस्था नल्याइएको बताएका छन् ।

मादी गाउँपालिकाले पाँचौँ गाउँसभाबाट पारित गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को नीति कार्यक्रम तथा बजेट सार्वजनिकीकरण समारोहमा शनिबार गाउँपालिकाको केन्द्र याङ्जाकोटमा उनले विगतमा काठमाडौँमा रहेको एउटा सरकारले देशको विकास नभएकाले त्यसलाई फालेर देशमा तीन तहमा गरी ७६१ सरकार गठन गरेर अघि बढेको बताए । उनले भने, “मुख्यमन्त्री, गाउँपालिका अध्यक्ष र नगर प्रमुख बनाउन सङ्घीयता ल्याइएको होइन, जनताको पीरमर्का बुझ्नका लागि जनतालाई घरघरमा पुगेर सेवा गर्नका लागि काठमाडाँै मात्र होइन, यही याङ्जाकोट र पोखरामा सिंहदरबार ल्याएका छौँ ।”

मुख्यमन्त्री गुरुङले समावेशी लोकतन्त्रको अभ्यास गरिएको र देशको विकासका लागि अब कुनै पनि अवरोध र बाधा अड्चन नभएको बताए । उनले आगामी १० वर्षभित्र मध्यमखालको विकास भएको मुलुकका रुपमा लैजाने र २५ वर्षभित्र विकसित मुलुकको दाँजोमा लैजाने भनेर सरकारले योजना बनाएको उल्लेख गरे । उनले प्रदेशका १५ प्रतिशत जनताको घरमा अहिले पनि बिजुली नबलेकोमा आगामी आर्थिक वर्षमा पाँच लाख ७८ हजार २९७ घरधुरीसम्म विद्युत् पु¥याउने गरी बजेट विनियोजन गरिएको जानकारी दिए ।

कार्यक्रममा प्रदेशसभा सदस्यद्वय मनबहादुर गुरुङ र गायत्री गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारीलगायतले आ–आफ्नो धारणा राखेका थिए । गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले आगामी आर्थिक वर्षमा पूर्वाधार विकासलाई प्राथमिकता दिई गाउँसभाबाट पारित रु ६१ करोड ३२ लाख ४४ हजारको बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । (रासस)

वि.सं.२०७६ असार २२ आइतवार ०८:४४ मा प्रकाशित

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

  काठमाडौं । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन...

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

काठमाडौँ । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापना...