back

मुख्यमन्त्री र नगरप्रमुख बनाउन मात्र सङ्घीयता ल्याएका होइनौँ– मुख्यमन्त्री सुब्बा

वि.सं.२०७६ असार २२ आइतवार

792 

shares

२२ असार, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुख्मन्त्री, नगरप्रमुख र गाउँपालिका अध्यक्ष बनाउनका लागि मात्र सङ्घीय व्यवस्था नल्याइएको बताएका छन् ।

मादी गाउँपालिकाले पाँचौँ गाउँसभाबाट पारित गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को नीति कार्यक्रम तथा बजेट सार्वजनिकीकरण समारोहमा शनिबार गाउँपालिकाको केन्द्र याङ्जाकोटमा उनले विगतमा काठमाडौँमा रहेको एउटा सरकारले देशको विकास नभएकाले त्यसलाई फालेर देशमा तीन तहमा गरी ७६१ सरकार गठन गरेर अघि बढेको बताए । उनले भने, “मुख्यमन्त्री, गाउँपालिका अध्यक्ष र नगर प्रमुख बनाउन सङ्घीयता ल्याइएको होइन, जनताको पीरमर्का बुझ्नका लागि जनतालाई घरघरमा पुगेर सेवा गर्नका लागि काठमाडाँै मात्र होइन, यही याङ्जाकोट र पोखरामा सिंहदरबार ल्याएका छौँ ।”

मुख्यमन्त्री गुरुङले समावेशी लोकतन्त्रको अभ्यास गरिएको र देशको विकासका लागि अब कुनै पनि अवरोध र बाधा अड्चन नभएको बताए । उनले आगामी १० वर्षभित्र मध्यमखालको विकास भएको मुलुकका रुपमा लैजाने र २५ वर्षभित्र विकसित मुलुकको दाँजोमा लैजाने भनेर सरकारले योजना बनाएको उल्लेख गरे । उनले प्रदेशका १५ प्रतिशत जनताको घरमा अहिले पनि बिजुली नबलेकोमा आगामी आर्थिक वर्षमा पाँच लाख ७८ हजार २९७ घरधुरीसम्म विद्युत् पु¥याउने गरी बजेट विनियोजन गरिएको जानकारी दिए ।

कार्यक्रममा प्रदेशसभा सदस्यद्वय मनबहादुर गुरुङ र गायत्री गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारीलगायतले आ–आफ्नो धारणा राखेका थिए । गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले आगामी आर्थिक वर्षमा पूर्वाधार विकासलाई प्राथमिकता दिई गाउँसभाबाट पारित रु ६१ करोड ३२ लाख ४४ हजारको बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । (रासस)

वि.सं.२०७६ असार २२ आइतवार ०८:४४ मा प्रकाशित

Himalayan Life AD
विप्लवले फोरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

विप्लवले फोरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

काठमाडौँ । नेत्रविक्रम चन्दले नेतृत्व गरेको पार्टीले नाम फेरेको छ...

फर्किएको रैथाने खान्कीको रौनक

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौँ । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर...

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  काठमाडौँ । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक...

राष्ट्र बैंकले तीन अर्ब तीन करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

राष्ट्र बैंकले तीन अर्ब तीन करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको...

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौँ । मङ्सिरस् प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...