back
CTIZAN AD

बैठक सञ्चालन गर्न सत्तापक्ष र प्रतिपक्ष सहमतिमा

वि.सं.२०७६ असार २२ आइतवार

993 

shares

२२ असार धनगढी । लगातार अवरुद्ध हुँदै आएको सुदूरपश्चिम प्रदेशसभाको बैठक सञ्चालन गर्न सत्तापक्ष र प्रतिपक्ष सहमतिमा पुगेका छन् । गतिरोध अन्त्यका लागि सत्तापक्ष र प्रतिपक्षीका बीच शनिबार भएको वार्तामा सकारात्मक छलफल भएको प्रतिपक्ष नेपाली काङ्ग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले बैठकपछि जानकारी दिए ।

प्रदेश सरकारले पेश गरेको आगामी आव २०७६/०७७ को बजेटप्रति प्रतिपक्षीले गरेको असन्तुष्टिका कारण सुदूरपश्चिम प्रदेशसभाको बैठक सञ्चालनमा गतिरोध उत्पन्न भएको थियो ।

बैठकमा सहभागी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बैठक सञ्चालनमा देखिएको गतिरोध अन्त्यका लागि प्रतिपक्षीसँग सरकारले गम्भीररुपमा वार्ता गरेकाले आइतबार बोलाइएको प्रदेशसभाको बैठक सञ्चालन हुने विश्वास व्यक्त गरे । सहमति के विषयमा भयो भन्नेबारेमा भने उनले खुलाउन चाहेनन् ।

प्रतिपक्षी नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टीका सदस्यले विधि, पद्धति मिचेर अपारदर्शी ढङ्गले कार्यकर्तामुखी बजेट ल्याइएको भन्दै गरेको असन्तुष्टिपछि यही असार १ गते ल्याइएको सरकारको आर्थिक वर्ष २०७६÷७७ को बजेट, नीति कार्यक्रममाथिको छलफल शुरु हुन सकेको छैन ।

यसअघि समस्या समाधानका लागि पटकपटक सत्तापक्ष र प्रतिपक्षीबीच भएका वार्ता निष्कर्षविहीन हुँदा बैठक सञ्चालन हुन सकेको थिएन । शनिबार ४ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकको समय पनि दुईपटक सारिएको थियो । अर्को बैठक असार २२ गते बिहान ८ः३० बजे बोलाइएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए ।

बजेटप्रति सत्तापक्षकै कतिपय प्रदेशसभा सदस्य पनि सन्तुष्ट छैनन् । मन्त्रीहरुले आफूखुशी बजेट बाँडफाँट गर्दा समस्या भएको सत्तापक्षीय सदस्यको भनाइ छ । (रासस)

वि.सं.२०७६ असार २२ आइतवार ०८:३४ मा प्रकाशित

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

काठमाडौँ । नेपाली सेनाले रसुवागढी–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको हवाई...

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

काठमाडौँ । रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय...

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच...

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

काठमाडौं । सरकारले हेटौंडा–काठमाडौं आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन...

प्रधानाध्यापक पदमा दरखास्त आह्वानको म्याद थप

प्रधानाध्यापक पदमा दरखास्त आह्वानको म्याद थप

काठमाडौँ । काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित २२ वटा माध्यमिक र...