back

बैठक सञ्चालन गर्न सत्तापक्ष र प्रतिपक्ष सहमतिमा

वि.सं.२०७६ असार २२ आइतवार

552 

shares
GLOBAL IME AD
NTC AD

२२ असार धनगढी । लगातार अवरुद्ध हुँदै आएको सुदूरपश्चिम प्रदेशसभाको बैठक सञ्चालन गर्न सत्तापक्ष र प्रतिपक्ष सहमतिमा पुगेका छन् । गतिरोध अन्त्यका लागि सत्तापक्ष र प्रतिपक्षीका बीच शनिबार भएको वार्तामा सकारात्मक छलफल भएको प्रतिपक्ष नेपाली काङ्ग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले बैठकपछि जानकारी दिए ।

प्रदेश सरकारले पेश गरेको आगामी आव २०७६/०७७ को बजेटप्रति प्रतिपक्षीले गरेको असन्तुष्टिका कारण सुदूरपश्चिम प्रदेशसभाको बैठक सञ्चालनमा गतिरोध उत्पन्न भएको थियो ।

बैठकमा सहभागी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बैठक सञ्चालनमा देखिएको गतिरोध अन्त्यका लागि प्रतिपक्षीसँग सरकारले गम्भीररुपमा वार्ता गरेकाले आइतबार बोलाइएको प्रदेशसभाको बैठक सञ्चालन हुने विश्वास व्यक्त गरे । सहमति के विषयमा भयो भन्नेबारेमा भने उनले खुलाउन चाहेनन् ।

प्रतिपक्षी नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टीका सदस्यले विधि, पद्धति मिचेर अपारदर्शी ढङ्गले कार्यकर्तामुखी बजेट ल्याइएको भन्दै गरेको असन्तुष्टिपछि यही असार १ गते ल्याइएको सरकारको आर्थिक वर्ष २०७६÷७७ को बजेट, नीति कार्यक्रममाथिको छलफल शुरु हुन सकेको छैन ।

यसअघि समस्या समाधानका लागि पटकपटक सत्तापक्ष र प्रतिपक्षीबीच भएका वार्ता निष्कर्षविहीन हुँदा बैठक सञ्चालन हुन सकेको थिएन । शनिबार ४ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकको समय पनि दुईपटक सारिएको थियो । अर्को बैठक असार २२ गते बिहान ८ः३० बजे बोलाइएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए ।

बजेटप्रति सत्तापक्षकै कतिपय प्रदेशसभा सदस्य पनि सन्तुष्ट छैनन् । मन्त्रीहरुले आफूखुशी बजेट बाँडफाँट गर्दा समस्या भएको सत्तापक्षीय सदस्यको भनाइ छ । (रासस)

वि.सं.२०७६ असार २२ आइतवार ०८:३४ मा प्रकाशित

नेप्से निरन्तर ओरालोतिर

नेप्से निरन्तर ओरालोतिर

काठमाडौँ । शेयर बजारमा निरन्तर गिरावट आएको छ । यो...

समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद भगवती न्यौपानेले तनहुँमा रहेका...

विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति हुँदाका लाभहानी

विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति हुँदाका लाभहानी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएपछि २०८० फागुन...

बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ

बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ

काठमाडौँ । बालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा सङ्लग्न रहेको अभियोगमा काठमाडौँ...

युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम

युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम

अर्घाखाँची । स्थानीय बेरोजगार युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले...

गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेलाई कारबाही गर्न सांसदहरूको माग

गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेलाई कारबाही गर्न सांसदहरूको माग

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गुणस्तरहीन वस्तु उत्पादन र...