back
CTIZAN AD

मुलुकलाई कार्यकारी राष्ट्रपतीय प्रणालीतर्फ लैजान आवश्यक –मन्त्री यादव

वि.सं.२०७६ असार २२ आइतवार

816 

shares

२२ असार, पर्सा । उपप्रधानमन्त्री तथा स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन व्यवस्थाले मात्र मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन् । उनले संसदीय प्रणालीबाट मुलुकको विकास सम्भव नरहेकाले अब प्रत्यक्ष जनताबाट निर्वाचित राष्ट्रपतीय प्रणालीतर्फ मुलुकलाई लैजान आवश्यक रहेको बताए ।

मधेशी स्वास्थ्यकर्मी फोरम नेपालले शनिबार वीरगञ्जमा आयोजना गरेको एकदिने राष्ट्रिय प्रशिक्षण कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री यादवले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत वर्तमान शासनसत्ता सञ्चालित रहेकाले यसको परिवर्तन आवश्यक रहेको बताए । उनले कम लेखपढ गरेका र सम्बन्धित मन्त्रालयको ज्ञान नै नभएका व्यक्ति मन्त्री हुने संसदीय व्यवस्थाले समृद्धि हासिल हुन नसक्ने ठोकुवा गरे ।

संविधानले सुनिश्चित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गर्नु आवश्यक रहेको उनको धारणा थियो । संविधानले प्रदान गरेका अधिकारलाई केन्द्रिकृत गरी राख्नुभन्दा प्रदेशलाई अधिकार सम्पन्न बनाए मुलुकले चाँडै गति लिने उपप्रधानमन्त्री यादवले विश्वास व्यक्त गरे ।

स्वास्थ्यकर्मी फोरम नेपालका केन्द्रीय अध्यक्ष बालेश्वर यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका उपाध्यक्ष एवम प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी, पार्टीका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठलगायतले अधिकारको विकेन्द्रीकरण नभएसम्म मुलुकमा सङ्घर्ष चलिरहने बताए । (रासस)

वि.सं.२०७६ असार २२ आइतवार ०८:१८ मा प्रकाशित

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

काठमाडौँ । श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले वैदेशिक रोजगारीको मागपत्रमा...

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...