२२ असार, नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकाले शनिबारबाट अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण शुरु गरेको छ । अपाङ्गता अधिकार ऐन २०७४ अनुसार स्थानीय तहलाई अपाङ्गता परिचयपत्र वितरण गर्न दिएको अधिकारअन्तर्गत गाउँपालिकाले परिचयपत्र वितरण शुरु गरेको हो ।
गाउँपालिका उपाध्यक्ष साहिदा बानोको संयोजकत्वमा गठित ११ सदस्यीय अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिले गरेको निर्णयका आधारमा अपाङ्गता भएका व्यक्तिहरुको स्तर र गम्भीरता पहिचान गरी परिचयपत्र वितरण गरिएको छ ।
समितिको निर्णयअनुसार पहिलो चरणमा १४ जनालाई परिचयपत्र वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताए । उनका अनुसार ‘ख’ र ‘ग’ श्रेणीका ६÷६ र ‘घ’ श्रेणीका दुई जनालाई परिचयपत्र वितरण गरिएको छ । (रासस)
वि.सं.२०७६ असार २२ आइतवार ०८:१२ मा प्रकाशित




























