back
CTIZAN AD

सामाजिक सचेतना : मादक पदार्थ नियन्त्रणमा लाग्यो मुसहर समुदाय

वि.सं.२०७६ असार २२ आइतवार

1.6K 

shares

२२ असार । लामो समयदेखि दिनभरि अर्काको घरजग्गामा गएर काम गर्ने, अनि ज्यालामजदूरी गरी कमाएर ल्याएको पैसाले साँझ भट्टीपसल वा होटलमा गएर मादक पदार्थ सेवन गरेर फजुल खर्च गर्ने त्रियुगा नगरपालिका–९ गैरुन, बरुवाभटा तथा मुसहरटोलका अधिकांश मुसहर जाति हिजोआज सचेत भई आफ्नो टोलमा मादक पदार्थ सेवन र बिक्री वितरण कार्य नियन्त्रण अभियानमा लागेका छन् ।

विगतमा अर्काकोमा मजदुरी गरेर कमाई गरी ल्याएको पैसाले बेलुकी मादक पदार्थ सेवन गर्ने र घरका परिवार भोकै हुने गरेका कारण घर झगडादेखि मुसहर टोलका केही अगुवा नै रातभर मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने र पटक–पटक झगडा हुने गरेको घटना गैरुन मुसहरटोलका सबुरलाल सदा बताउँछन् ।

केही महीनायता आएर आफूहरु जस्ता युवाले टोलवासीमा जनचेतना जगाउन थालेको र मादक पदार्थको कारण नै घरपरिवार भोकभोकै बस्नुपर्ने र दिनभरिको कमाई पनि त्यत्तिकै मादक पदार्थमा खेर जाने भएपछि अब यस्तो संस्कृति र व्यवहारलाई पूर्णरूपमा नियन्त्रण गरेर आफ्नो टोल सुधार गर्न अहिले मादक पदार्थ सेवन र बिक्रीमा समेत स्थानीय समिति नै गठन गरेर रोक लगाएको मुसहर टोलका ललु सदा बताउँछन् ।

मुसहरटोलका अगुवा बद्री सदाको अध्यक्षतामा नौ सदस्यीय समिति बनाएर अहिले यो बरुवाभट्टा तथा गैरुन मुसहरटोलमा पूर्णरूपमा मादक पदार्थ सेवन तथा बिक्रीवितरण गर्न प्रतिबन्ध नै गरिएको समितिका अध्यक्ष बद्री सदाको भनाइ छ । मादक पदार्थ नियन्त्रण समितिकी सदस्य पुनम सदाका अनुसार टोलमा मादक पदार्थ सेवन गर्नेलाई पहिलोपटक रु ५५१ जरिवाना र दोस्रोपटक रु एक हजार जरिवाना गरिने नियमसमेत समितिले निर्धारण गरेको छ ।

स्थानीय प्रहरी चौकी र वडा नं ९ का वडाध्यक्ष धनबहादुर दनुवारको उपस्थितिमा गठन गरिएको मादक पदार्थ नियन्त्रण समितिले अहिले सक्रिय भएर काम शुरु गरेपछि मुसहर बस्तीमा पादक पदार्थ सेवन र बिक्री वितरण पूर्णरूपमा नियन्त्रणमा आएको त्रियुगा नगरपालिका–९ का वडाध्यक्ष धनबहादुर दनुवार बताउँछन् ।

गाउँमा मादक पदार्थ नियन्त्रण गर्न गठन गरिएको समितिले राम्रो काम गर्न थालेपछि अहिले यो गैरुन, बरुवाभट्टा टोलका मुसहरटोल साँच्चिकै मादक पदार्थ प्रयोगरहितको शान्तपूर्ण टोलमा परिणत भएको स्थानीय फुलकुमारी सदा बताउँछिन् ।
अहिले दिनभर कमाई गरेको पैसाले बेलुकी घर फर्कंदा गाउँका युवा चामल दाल, मासु किनेर ल्याउने गरेको र घरपरिवारसँग मिलेर खुशीले खाने गरेपछि गाउँ अर्कै शान्तपूर्ण बन्न पुगेको छ । (रासस)

वि.सं.२०७६ असार २२ आइतवार ०९:४२ मा प्रकाशित

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न...

बहराइनले नेपाललाई दियो ८८ रन

बहराइनले नेपाललाई दियो ८८ रन

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी...

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

राँझा (बाँके) । रसुवास्थित भोटकोशीका यही भदौ १० गते विहान...

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनहरुको खोजीका लागि उद्धार...

नेपाल भलिबल लिगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा मधेश र सगरमाथा भिड्दै

नेपाल भलिबल लिगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा मधेश र सगरमाथा भिड्दै

काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को...

नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल

नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो...