back

सामाजिक सचेतना : मादक पदार्थ नियन्त्रणमा लाग्यो मुसहर समुदाय

वि.सं.२०७६ असार २२ आइतवार

1K 

shares
GLOBAL IME AD
NTC AD

२२ असार । लामो समयदेखि दिनभरि अर्काको घरजग्गामा गएर काम गर्ने, अनि ज्यालामजदूरी गरी कमाएर ल्याएको पैसाले साँझ भट्टीपसल वा होटलमा गएर मादक पदार्थ सेवन गरेर फजुल खर्च गर्ने त्रियुगा नगरपालिका–९ गैरुन, बरुवाभटा तथा मुसहरटोलका अधिकांश मुसहर जाति हिजोआज सचेत भई आफ्नो टोलमा मादक पदार्थ सेवन र बिक्री वितरण कार्य नियन्त्रण अभियानमा लागेका छन् ।

विगतमा अर्काकोमा मजदुरी गरेर कमाई गरी ल्याएको पैसाले बेलुकी मादक पदार्थ सेवन गर्ने र घरका परिवार भोकै हुने गरेका कारण घर झगडादेखि मुसहर टोलका केही अगुवा नै रातभर मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने र पटक–पटक झगडा हुने गरेको घटना गैरुन मुसहरटोलका सबुरलाल सदा बताउँछन् ।

केही महीनायता आएर आफूहरु जस्ता युवाले टोलवासीमा जनचेतना जगाउन थालेको र मादक पदार्थको कारण नै घरपरिवार भोकभोकै बस्नुपर्ने र दिनभरिको कमाई पनि त्यत्तिकै मादक पदार्थमा खेर जाने भएपछि अब यस्तो संस्कृति र व्यवहारलाई पूर्णरूपमा नियन्त्रण गरेर आफ्नो टोल सुधार गर्न अहिले मादक पदार्थ सेवन र बिक्रीमा समेत स्थानीय समिति नै गठन गरेर रोक लगाएको मुसहर टोलका ललु सदा बताउँछन् ।

मुसहरटोलका अगुवा बद्री सदाको अध्यक्षतामा नौ सदस्यीय समिति बनाएर अहिले यो बरुवाभट्टा तथा गैरुन मुसहरटोलमा पूर्णरूपमा मादक पदार्थ सेवन तथा बिक्रीवितरण गर्न प्रतिबन्ध नै गरिएको समितिका अध्यक्ष बद्री सदाको भनाइ छ । मादक पदार्थ नियन्त्रण समितिकी सदस्य पुनम सदाका अनुसार टोलमा मादक पदार्थ सेवन गर्नेलाई पहिलोपटक रु ५५१ जरिवाना र दोस्रोपटक रु एक हजार जरिवाना गरिने नियमसमेत समितिले निर्धारण गरेको छ ।

स्थानीय प्रहरी चौकी र वडा नं ९ का वडाध्यक्ष धनबहादुर दनुवारको उपस्थितिमा गठन गरिएको मादक पदार्थ नियन्त्रण समितिले अहिले सक्रिय भएर काम शुरु गरेपछि मुसहर बस्तीमा पादक पदार्थ सेवन र बिक्री वितरण पूर्णरूपमा नियन्त्रणमा आएको त्रियुगा नगरपालिका–९ का वडाध्यक्ष धनबहादुर दनुवार बताउँछन् ।

गाउँमा मादक पदार्थ नियन्त्रण गर्न गठन गरिएको समितिले राम्रो काम गर्न थालेपछि अहिले यो गैरुन, बरुवाभट्टा टोलका मुसहरटोल साँच्चिकै मादक पदार्थ प्रयोगरहितको शान्तपूर्ण टोलमा परिणत भएको स्थानीय फुलकुमारी सदा बताउँछिन् ।
अहिले दिनभर कमाई गरेको पैसाले बेलुकी घर फर्कंदा गाउँका युवा चामल दाल, मासु किनेर ल्याउने गरेको र घरपरिवारसँग मिलेर खुशीले खाने गरेपछि गाउँ अर्कै शान्तपूर्ण बन्न पुगेको छ । (रासस)

वि.सं.२०७६ असार २२ आइतवार ०९:४२ मा प्रकाशित

जलविद्युत् आयोजना प्रभावितलाई सीपमूलक तालिम

जलविद्युत् आयोजना प्रभावितलाई सीपमूलक तालिम

दमौली (तनहुँ) । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

घुससहित प्रहरी नायब निरीक्षक पक्राउ

घुससहित प्रहरी नायब निरीक्षक पक्राउ

लुम्बिनी (मर्चवार) । रूपन्देहीमा एक प्रहरी नायब निरीक्षक (सइ)लाई अख्तियार...

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

काठमाडौँ । लगानी र प्रतिफल सुनिश्चित भएमा भारतीय व्यापारिक घरानाले...

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

काठमाडौँ । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१...

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका...

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

काभ्रेपलाञ्चोक । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक...