back
CTIZAN AD

विद्युत् चुहिएर एकको मृत्यु, एक घाइते

वि.सं.२०७६ असार २२ आइतवार

1.5K 

shares

२२ असार । विद्युत् चुहिएर झापाको कमल गाँउपालिकामा गए राति एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार यसरी मृत्यु हुनेमा कमल गाँउपालिका–३ बस्ने ५५ वर्षीय प्रेम खतिवडा रहेका छन् भने विद्युत् चुहिएरै मुगु घर भई प्राधिकरणमा कार्यरत ४९ वर्षीय हिक्मत बुढा गम्भीर घाइते भएका छन् । दुवै नेपाल विद्युत् प्राधिकरण दमक वितरण केन्द्रका प्राविधिक रहेको बताइएको छ ।

गए राति साँझ ८ बजेतिर कमल गाउँपालिका–५ स्थित कावेली करिडोर पावरहाउसको सवस्टेशन अगाडि राजमार्गको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा अचानक विद्युत् चुहिँदा दुवै घाइते भएका र खतिवडाको भने दमकस्थित लाइफलाइन अस्पतालमा ल्याउना साथ मृत्यु भएको प्रहरी निरीक्षक एक्तेनले बताए । घाइते बुढालाई थप उपचारका लागि भारतको सिलगुढी लगिएको छ । घटनाको विस्तृत विवरण खुल्न सकेको छैन भने प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरिरहेको जनाएको छ ।(रासस)

वि.सं.२०७६ असार २२ आइतवार ०९:३४ मा प्रकाशित

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...