back
CTIZAN AD

साताको पहिलो दिन नेप्से चार अङकले घट्यो

वि.सं.२०७६ असार २२ आइतवार

999 

shares

२२ असार । साताको पहिलो दिन नै आज शेयर बजारमा कारोवारमापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.४५ बिन्दुले घटेर एक हजार २५६.०४ बिन्दुमा पुगेको हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १.११ बिन्दुले घटेर २७०.३५ बिन्दुमा पुगेको छ ।
नेप्से ओरालो लागेपनि आज कारोवार रकम भने औसत नै देखिएको छ । कूल १७३ कम्पनीको २२ लाख १६ हजार ४९३ कित्ता शेयर रु ५४ करोड पाँच लाख २९ हजार ४६५ मा खरीद बिक्री भए ।

स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज छ उपसमूहको शेयर बढेको छ भने छ उपसमूहको शेयर घटेको छ । बैंकिङ ६।७, व्यापार १.३५, जलविद्युत् ३.१६, अन्य ०.४६, लघुवित्त ९.०७, जीवन बीमा ५०.२४ बिन्दुले घटेका छन् । यस्तै होटल ६.८४, विकास बैङ्क ३.१५, वित्त २.६९, निर्जीवन बीमा ३८.३२, उत्पादन ११.०७ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले बढेको छ ।

कारोबारका आधारमा आज सिभिल बैङ्क शीर्ष स्थानमा पुगेको छ । सो बैंकको रु पाँच करोड ७९ लाख ८० हजार ७४८, मेगा बैंकको रु चार करोड ६९ लाख एक हजार ८८७, नेपाल बैंकको रु चार करोड १० लाख ६३ हजार २२, सेञ्चुरी बैंक रु तीन करोड २६ लाख सात हजार ६२, कुमारी बैंक दुई करोड ५४ लाख १९ हजार २५३ र प्रभु बैंक रु दुई करोड ११ लाख ४९ हजार ३०८ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार आज स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरधनीले ९.८६, दिव्यश्वेरी हाइड्रो पावरको ९.२३, रैराङ हाइड्रो पावर ४.६३, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ४.३७, वेस्ट फाइनान्स कम्पनी ३.९६ र सांग्रिला डेभलपमेन्ट बैंकका शेयरधनीले ३.९५ प्रतिशतले कमाए । यस्तै जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका शेयरधनीले ११.३०, स्वरोजगार लघुवित्त विकास बैंक ४.७४, मिथिला लघुवित्त वित्तीय संस्था ४.७३, खानीखोला हाइड्रो पावर ४.०५ र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.६१ प्रतिशतले गुमाए ।

वि.सं.२०७६ असार २२ आइतवार १६:४९ मा प्रकाशित

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...