back
CTIZAN AD

आँधीखोला लघुवित्तको साधारण शेयर बिक्री शुरु, शुक्रबारदेखि घोडाघोडी लघुवित्तको पनि शेयर बिक्री

वि.सं.२०७६ असार २२ आइतवार

948 

shares

२२ असार । साधारण शेयर बिक्री गर्नेक्रम बढिरहेका बेला आजदेखि आँधीखोला लघुवित्त वित्तीय संस्थाको पनि शेयर बिक्री शुरु भएको छ ।
सो संस्थाको कूल चार लाख कित्ता साधारण शेयर (आइपिओ)बिक्री शुरु भएको हो । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार कूल चार लाख कित्ता साधारण शेयरमध्ये पाँच हजार कित्ता शेयर कम्पनीका कर्मचारी र २० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको तीन लाख ७५ हजार कित्ता शेयरमा सर्वसाधारणले लगानी गर्न सक्नेछन् ।

उक्त संस्थाको शेयरमा आजदेखि यही असार २५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी साउन २० गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

शेयरमा लगानीकर्ताले एनआइबिएल एस क्यापिटल लाजिम्पाट, आँधिखोला लघुवित्त वित्तीय संस्था र सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामा आवेदन दिन सकिने व्यवस्था गरिएको छ । संस्थाको शेयरलाई इक्रा नेपालले गरेको रेटिङमा औशत अवस्था देखाउने ग्रेड चार उपलब्ध गराइएको छ । त्यस्तै शुक्रबारदेखि कञ्चनपुरको बेलौरीमा केन्द्रीय कार्यालय रहेको घोडाघोडी लघुवित्तको समेत साधारण शेयर बिक्री शुरु भएको छ ।

वि.सं.२०७६ असार २२ आइतवार १६:३६ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...