back

निर्णय सच्याउन सरकारलाई अभियानको आग्रह

वि.सं.२०७६ असार २२ आइतवार

483 

shares
GLOBAL IME AD
NTC AD

२२ असार । विषादी परीक्षणपछि मात्र भारत तथा तेस्रोमुलुकबाट नेपाल आयात गरिने तरकारीजन्य खाद्यपदार्थको विषादी परीक्षण गरेर नेपाल भित्र्याउन पाउने निर्णयबाट सरकार पछि हटेपछि अहिले नेपाली बजार तातेको छ । सरकारको यो निर्णय भारतको दबाबमा सरकारले फिर्ता लिएको भन्ने समाचारहरु बाहिर आएसँगै आम जनसमुदाय तथा संघसंस्थाले आ–आफ्नो तर्फबाट विरोध जनाएका छन् ।

यसैसन्दर्भमा कृषि क्षेत्रमा कार्यरत संघसंस्थाहरुले संयुक्त रुपमा सरकारको यो निर्णयप्रति आपत्ति प्रकट गरेका छन् । सरकारको यो निर्णय किसान विरोधी भएको भन्दै विभिन्न ९ संस्थाहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरेका छन् । ती संस्थाहरुले ‘स्वस्थ खाद्य र स्वाधिनताका लागि नागरिक दबाब अभियान नेपाल’ गठनसमेत गरेका छन् ।

भारतीय दबाबमा सरकारले लिएको निर्णय राष्ट्रको स्वाधिनता र राष्ट्रियता एवम् सार्वभौमिकतामाथि भारतीय हस्तक्षेप भएको ठहर सो समूहको छ । सो समूहले खुला सिमाबाट भित्रिने अनाधिकृत विषादी रोक्न पहल गर्न ध्यानाकर्षण गरेको छ । सरकारलाई निर्णय अविलम्ब फिर्ता लिन अनुरोध गर्दै अन्यथा सरकारले नागरिकको रक्षा गर्न नसकेको समूहको ठहर रहेको उल्लेख गरिएको छ ।

भारतले तेस्रो मुलुकबाट निर्यात हुने नेपाली उत्पादनका सामानहरुमा भारतले रोक लगाएर नेपाली उद्यमी व्यवसायीलाई ठूलो नोक्सान व्यहोर्दै आएको स्मरण समेत विज्ञप्तीमा गराइएको छ ।

सरकारले असार २ गते गरेको निर्णयलाई अविलम्ब लागू गर्दै भन्सार नाकामा विषादी परीक्षण प्रयोगशाला व्यवस्था गर्न आग्रह गरिएको छ ।
अभियानका तर्फबाट संयुक्त विज्ञप्ती जारी गर्नेमा नेपाल कृषि उत्पादन तथा बजारिकरण सञ्जाल, च्याउ उत्पादक किसान संघ नेपाल, अष्ट ज अभियान, नेपाल, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ, युवा कृषि अभियान नेपाल, कृषक समूह महासंघ, किसान चौतारी नेपाल, ग्रामिण कृषि कार्यकर्ता सञ्जाल, कालिमाटी तरकारी तथा फलफूल व्यवसायी महासंघ रहेका छन् ।

वि.सं.२०७६ असार २२ आइतवार १८:२९ मा प्रकाशित

गण्डकीसहित केही प्रदेशका हिमाली र पहाडी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना !

गण्डकीसहित केही प्रदेशका हिमाली र पहाडी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना !

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव...

जलविद्युत् आयोजना प्रभावितलाई सीपमूलक तालिम

जलविद्युत् आयोजना प्रभावितलाई सीपमूलक तालिम

दमौली (तनहुँ) । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

घुससहित प्रहरी नायब निरीक्षक पक्राउ

घुससहित प्रहरी नायब निरीक्षक पक्राउ

लुम्बिनी (मर्चवार) । रूपन्देहीमा एक प्रहरी नायब निरीक्षक (सइ)लाई अख्तियार...

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

काठमाडौँ । लगानी र प्रतिफल सुनिश्चित भएमा भारतीय व्यापारिक घरानाले...

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

काठमाडौँ । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१...

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका...