back
CTIZAN AD

निर्णय सच्याउन सरकारलाई अभियानको आग्रह

वि.सं.२०७६ असार २२ आइतवार

765 

shares

२२ असार । विषादी परीक्षणपछि मात्र भारत तथा तेस्रोमुलुकबाट नेपाल आयात गरिने तरकारीजन्य खाद्यपदार्थको विषादी परीक्षण गरेर नेपाल भित्र्याउन पाउने निर्णयबाट सरकार पछि हटेपछि अहिले नेपाली बजार तातेको छ । सरकारको यो निर्णय भारतको दबाबमा सरकारले फिर्ता लिएको भन्ने समाचारहरु बाहिर आएसँगै आम जनसमुदाय तथा संघसंस्थाले आ–आफ्नो तर्फबाट विरोध जनाएका छन् ।

यसैसन्दर्भमा कृषि क्षेत्रमा कार्यरत संघसंस्थाहरुले संयुक्त रुपमा सरकारको यो निर्णयप्रति आपत्ति प्रकट गरेका छन् । सरकारको यो निर्णय किसान विरोधी भएको भन्दै विभिन्न ९ संस्थाहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरेका छन् । ती संस्थाहरुले ‘स्वस्थ खाद्य र स्वाधिनताका लागि नागरिक दबाब अभियान नेपाल’ गठनसमेत गरेका छन् ।

भारतीय दबाबमा सरकारले लिएको निर्णय राष्ट्रको स्वाधिनता र राष्ट्रियता एवम् सार्वभौमिकतामाथि भारतीय हस्तक्षेप भएको ठहर सो समूहको छ । सो समूहले खुला सिमाबाट भित्रिने अनाधिकृत विषादी रोक्न पहल गर्न ध्यानाकर्षण गरेको छ । सरकारलाई निर्णय अविलम्ब फिर्ता लिन अनुरोध गर्दै अन्यथा सरकारले नागरिकको रक्षा गर्न नसकेको समूहको ठहर रहेको उल्लेख गरिएको छ ।

भारतले तेस्रो मुलुकबाट निर्यात हुने नेपाली उत्पादनका सामानहरुमा भारतले रोक लगाएर नेपाली उद्यमी व्यवसायीलाई ठूलो नोक्सान व्यहोर्दै आएको स्मरण समेत विज्ञप्तीमा गराइएको छ ।

सरकारले असार २ गते गरेको निर्णयलाई अविलम्ब लागू गर्दै भन्सार नाकामा विषादी परीक्षण प्रयोगशाला व्यवस्था गर्न आग्रह गरिएको छ ।
अभियानका तर्फबाट संयुक्त विज्ञप्ती जारी गर्नेमा नेपाल कृषि उत्पादन तथा बजारिकरण सञ्जाल, च्याउ उत्पादक किसान संघ नेपाल, अष्ट ज अभियान, नेपाल, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ, युवा कृषि अभियान नेपाल, कृषक समूह महासंघ, किसान चौतारी नेपाल, ग्रामिण कृषि कार्यकर्ता सञ्जाल, कालिमाटी तरकारी तथा फलफूल व्यवसायी महासंघ रहेका छन् ।

वि.सं.२०७६ असार २२ आइतवार १८:२९ मा प्रकाशित

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...