back
CTIZAN AD

वर्षाको मौसम छ, यसरी गर्नुस् स्वास्थ्यको ख्याल

वि.सं.२०७६ असार २३ सोमवार

1K 

shares

वर्षाको समयमा किटाणु र ब्याक्टेरियाहरु सक्रिय रहन्छन् । यी ब्याक्टेरियाहरु खानाको माध्यमबाट पेटमा पुग्ने र यसले मानिसमा विभिन्न विमारहरु सार्ने गर्दछ ।

वर्षाको मौसममा सबैभन्दा खतरा फलफूल र साग सब्जिबाट हुन्छ । ब्याक्टेरियाका कारण तपाईलाई फुड प्वाइजन, डायरिया, इन्फेक्सन लगायतका समस्याहरु बढाउँछ ।

फलफूल उत्पादनमा क्रममा र त्यसलाई ताजा राख्ने बहानामा विषादीको बढी प्रयोग गरिने र त्यसलाई सहि तरिकाले प्रयोग नगर्दा मानब स्वास्थ्यमा निकै असर पार्ने गरेको छ । बढी विषादी रहेको खानाले अहिलेको अवस्थामा धेरै मानिसमा क्यान्सर रोगका समस्या पनि देखिएका छन् । त्यसकारण बजारबाट ल्याइएका तरकारी र फलफूल प्रयोग गर्नुभन्दा पहिले राम्रोसँग सफा गर्नुपर्ने हुन्छ । राम्रोसँग सफा गर्दा व्याक्टेरिया नास हुने र त्यसमा भएको टक्सिन सहजरुपमा बाहिर फाल्न सकिन्छ ।

वर्षामा कसरी सफा गर्ने त तरकारी तथा फलफूल ?
वर्षाको समयमा सागसब्जी धेरै उत्पादन हुने र धेरै मानिसहरु खानामा सागसब्जीमा नै बढी जोड दिन्छन् । तर, त्यहि सागलाई सहि तरिकाले प्रयोग गर्न नसक्दा स्वास्थ्य सम्बन्धी विभिन्न समस्या पनि उत्पन्न हुन्छन् । जस्तै पालक, धनिया, पदिना, लगायतका सागसब्जीलाई पहिले एक–एक पात निकालेर छुट्याउने र कुनै गहिरो भाडामा राखेर सफा पानीले राम्रोसँग धुने । यदि सागसब्जीमा धुलो, माटो र फोहोर ज्यादा रहेको पाउनु भयो भने त्यसलाई दुई–तीनपटक धुनुहोस् । त्यसपछि मनतातो पानीमा आधा चम्चा नुन राखेर १५ मिनेटसम्म पानीमा भिजाएर राख्दा धेरै राम्रो हुन्छ । त्यस्तै, यदि समय हुन्छ भने १ घण्टाजति सफा पानीमा भिजाएर राख्दा त्यसमा भएको माटो र बालुवा बाहिर निस्कन्छ । त्यसपछि २–३ पटक धोएर पकाउन सकिन्छ । त्यस्तै बन्दा गोभीलाई पनि काटेर मनतातो पानीमा नुन राखेर केहीबेर भिजाएर मात्र पकाउन स्वस्थ्यविज्ञहरु सल्लाह दिन्छन् ।

पछिल्लोपटक बन्दा गोभी नधोई प्रयोग गर्दा टेपवर्म (जुकाजस्तो किरा) जस्ता इन्फेक्सन देखिएको छ । जुन मानव स्वास्थ्यका लागि निकै खतरनाक मानिन्छ ।

त्यस्तै सागसब्जी बाहेक अन्य तरकारीमा जस्तै फूलगोभी, लौका, फर्सी, भन्टा, परवल लगायतका तरकारी पकाउँदा पहिले राम्रोसँग धुनेर केही समय सफा पानीमा भिजाएर काट्ने र फेरि मनतातो पानीमा १० मिनेटसम्म भिजाएर भान्सामा प्रयोग गर्दा राम्रो हुन्छ । यदि तातो पानी नभएमा केहीबेर भेनिगर वाटरमा भिजाएर पकाउँदा पनि राम्रो हुन्छ ।

त्यस्तै वर्षाको मौसममा फलफूल प्रयोग गर्दा पनि सावधानी अपनाउन जरुरी हुन्छ । यस्तो मौसममा फलफूलको रुखमा धेरै प्रकारका किरा लागेको हुन्छ । कहिलेकाँही फलमा पनि किरा देखिन्छ । जसका कारण फलमा संक्रमण देखिन्छ । त्यस्तै फल उत्पादनका क्रममा पनि धेरै प्रकारका केमिकलहरु प्रयोग गरिएको पाइन्छ । जस्तै सुन्तला, मौसम, केरा, अनार, किवी, लगायतका बोक्रा निकालेर खान मिल्ने फल सफा पानीले धोएपछि बोक्रा निकालेर खान सकिन्छ । तर, बोक्रा सहित खाने फलमा भने ख्याल राख्नु पर्दछ ।

जस्तै आँप, स्याउ, स्ट्राबेरी, नासपाती लगायतका फलहरुमा आजभोली विभिन्न प्रकारका केमिकल्स हालेर ताजा बनाएर राखिन्छ । साथै स्याउलाई चिल्लो र राम्रो देखाउनका लागि मैन पनि प्रयोग गरिएको पाइन्छ । अंगुरमा पनि विषादी प्रयोग गरिन्छ । त्यसकारण पनि यस्ता फल खानुभन्दा पहिले राम्रोसँग सफागर्न जरुरी हुन्छ । यदि तत्काल खानु छैन भने २–३ घण्टा नुन र पानीमा भिजाएर मात्र खाने गुर्नहोस् । नभए १ चम्चा नुन या १ चम्चा भेनिगर वाटर राखेर १० मिनेट भिजाएर राख्ने र त्यसपछि फेरि सफा पानीले धोएर मात्र खान उपर्युक्त हुन्छ ।

वर्षाको मौसममा यी कुराको ख्याल राख्नुहोस्
पिउने पानी सफा तथा तताएर राखेको पानी नै प्रयोग गर्नुहोस् ।
काटेर राखेको फलफूल तथा तरकारी खुला नराख्नुहोस् । तरकारी काटेपछि ढाकेर राख्नु या तुरुन्तै पकाएर राख्नु राम्रो हुन्छ । त्यस्तै स–सना बालबालिका या वृद्धवृद्धा तथा गर्भवती महिलाहरुमा संक्रमणको खतरा बढि हुने हुनाले विशेष ध्यान दिन जरुरी हुन्छ ।
त्यस्तै खाना खानुभन्दा अगाडि, खाना बनाउनु भन्दा अगाडि राम्रोसँग साबुन पानीले हात धुनुहोस् ।

बनाएर राखेको खाना लामो समयसम्म राखेर नखानुहोस् ।

खुला ठाउँमा राखिएको फास्ट फुड जस्ता खानाहरु पानीपुरी, चाउमीन, समसा, पकौडा, चटपटे आदि नखाएकै राम्रो हुन्छ । बाहिर खुला ठाउँमा राखिएको फलफूलको जुश पनि स्वास्थ्यका लागि हितकर हुँदैन ।

वि.सं.२०७६ असार २३ सोमवार १४:१६ मा प्रकाशित

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको...

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

अत्तरिया (कैलाली)। कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा रु...

बैंकिङ कसुरमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख पक्राउ

बैंकिङ कसुरमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु...

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

काठमाडौँ ।  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको...

आजको मौसम: कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम: कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै...

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौँ । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन...