back
CTIZAN AD

उत्तर प्रदेशमा भएको बस दुर्घटनामा २७ को मृत्यु

वि.सं.२०७६ असार २३ सोमवार

939 

shares

२३ असार, नयाँ दिल्ली ।  उत्तरी भारतमा सोमबार बिहान भएको बस दुर्घटनामा परी बसमा रहेका यात्रुमध्ये कम्तीमा पनि २७ जनाको ज्यान गएको समाचार छ ।

उत्तरी राज्य उत्तर प्रदेशमा भएको बस दुर्घटनामा परी २७ जनाको ज्यान गएको र अरु १५ यात्रु नराम्ररी घाइते भएका समाचारमा जनाइएको छ । भारतीय राजधानी नयाँ दिल्लीबाट उत्तर प्रदेशको राजधानी शहर लखनउ जान लागेको सो बस खोँचमा खसेको थियो । यस दुर्घटनामा परी घाइते भएकाहरुको उद्धारको काम निकै कठिन भएको अधिकारीहरुले जनाएका छन् ।

सोमबार बिहान आग्रा पुगेपछि सो बस खोँचका खसेर दुर्घटनाग्रस्त भएको थियो । प्रहरीले उद्धारको काम कठिन भएको बताएको छ । आग्रा जिल्लाका म्याजिस्ट्रेट एन जी रवि कुमारले सो बस दुर्घटनाको पुष्टि गरेका छन् । उनले २७ जनाको घटनास्थलमै निधन भएको र बाँकी घाइते १५ लाई निकै गाह्रोगरी उद्धार गरेर अस्पतालसम्म पु¥याइएको जानकारी दिएका छन् ।

गुडिरहेको बस सडकबाट कम्तीमा ५० फिट तल खसेको उनले जानकारी दिए। उनका अनुसार घटनाको केही समयमै प्रहरी पुगेपनि अधिकांशको घटनास्थलमै ज्यान गएको थियो ।

वि.सं.२०७६ असार २३ सोमवार १४:२७ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...