back

वर्षाको मौसम छ, यसरी गर्नुस् स्वास्थ्यको ख्याल

वि.सं.२०७६ असार २३ सोमवार

438 

shares
GLOBAL IME AD
NTC AD

वर्षाको समयमा किटाणु र ब्याक्टेरियाहरु सक्रिय रहन्छन् । यी ब्याक्टेरियाहरु खानाको माध्यमबाट पेटमा पुग्ने र यसले मानिसमा विभिन्न विमारहरु सार्ने गर्दछ ।

वर्षाको मौसममा सबैभन्दा खतरा फलफूल र साग सब्जिबाट हुन्छ । ब्याक्टेरियाका कारण तपाईलाई फुड प्वाइजन, डायरिया, इन्फेक्सन लगायतका समस्याहरु बढाउँछ ।

फलफूल उत्पादनमा क्रममा र त्यसलाई ताजा राख्ने बहानामा विषादीको बढी प्रयोग गरिने र त्यसलाई सहि तरिकाले प्रयोग नगर्दा मानब स्वास्थ्यमा निकै असर पार्ने गरेको छ । बढी विषादी रहेको खानाले अहिलेको अवस्थामा धेरै मानिसमा क्यान्सर रोगका समस्या पनि देखिएका छन् । त्यसकारण बजारबाट ल्याइएका तरकारी र फलफूल प्रयोग गर्नुभन्दा पहिले राम्रोसँग सफा गर्नुपर्ने हुन्छ । राम्रोसँग सफा गर्दा व्याक्टेरिया नास हुने र त्यसमा भएको टक्सिन सहजरुपमा बाहिर फाल्न सकिन्छ ।

वर्षामा कसरी सफा गर्ने त तरकारी तथा फलफूल ?
वर्षाको समयमा सागसब्जी धेरै उत्पादन हुने र धेरै मानिसहरु खानामा सागसब्जीमा नै बढी जोड दिन्छन् । तर, त्यहि सागलाई सहि तरिकाले प्रयोग गर्न नसक्दा स्वास्थ्य सम्बन्धी विभिन्न समस्या पनि उत्पन्न हुन्छन् । जस्तै पालक, धनिया, पदिना, लगायतका सागसब्जीलाई पहिले एक–एक पात निकालेर छुट्याउने र कुनै गहिरो भाडामा राखेर सफा पानीले राम्रोसँग धुने । यदि सागसब्जीमा धुलो, माटो र फोहोर ज्यादा रहेको पाउनु भयो भने त्यसलाई दुई–तीनपटक धुनुहोस् । त्यसपछि मनतातो पानीमा आधा चम्चा नुन राखेर १५ मिनेटसम्म पानीमा भिजाएर राख्दा धेरै राम्रो हुन्छ । त्यस्तै, यदि समय हुन्छ भने १ घण्टाजति सफा पानीमा भिजाएर राख्दा त्यसमा भएको माटो र बालुवा बाहिर निस्कन्छ । त्यसपछि २–३ पटक धोएर पकाउन सकिन्छ । त्यस्तै बन्दा गोभीलाई पनि काटेर मनतातो पानीमा नुन राखेर केहीबेर भिजाएर मात्र पकाउन स्वस्थ्यविज्ञहरु सल्लाह दिन्छन् ।

पछिल्लोपटक बन्दा गोभी नधोई प्रयोग गर्दा टेपवर्म (जुकाजस्तो किरा) जस्ता इन्फेक्सन देखिएको छ । जुन मानव स्वास्थ्यका लागि निकै खतरनाक मानिन्छ ।

त्यस्तै सागसब्जी बाहेक अन्य तरकारीमा जस्तै फूलगोभी, लौका, फर्सी, भन्टा, परवल लगायतका तरकारी पकाउँदा पहिले राम्रोसँग धुनेर केही समय सफा पानीमा भिजाएर काट्ने र फेरि मनतातो पानीमा १० मिनेटसम्म भिजाएर भान्सामा प्रयोग गर्दा राम्रो हुन्छ । यदि तातो पानी नभएमा केहीबेर भेनिगर वाटरमा भिजाएर पकाउँदा पनि राम्रो हुन्छ ।

त्यस्तै वर्षाको मौसममा फलफूल प्रयोग गर्दा पनि सावधानी अपनाउन जरुरी हुन्छ । यस्तो मौसममा फलफूलको रुखमा धेरै प्रकारका किरा लागेको हुन्छ । कहिलेकाँही फलमा पनि किरा देखिन्छ । जसका कारण फलमा संक्रमण देखिन्छ । त्यस्तै फल उत्पादनका क्रममा पनि धेरै प्रकारका केमिकलहरु प्रयोग गरिएको पाइन्छ । जस्तै सुन्तला, मौसम, केरा, अनार, किवी, लगायतका बोक्रा निकालेर खान मिल्ने फल सफा पानीले धोएपछि बोक्रा निकालेर खान सकिन्छ । तर, बोक्रा सहित खाने फलमा भने ख्याल राख्नु पर्दछ ।

जस्तै आँप, स्याउ, स्ट्राबेरी, नासपाती लगायतका फलहरुमा आजभोली विभिन्न प्रकारका केमिकल्स हालेर ताजा बनाएर राखिन्छ । साथै स्याउलाई चिल्लो र राम्रो देखाउनका लागि मैन पनि प्रयोग गरिएको पाइन्छ । अंगुरमा पनि विषादी प्रयोग गरिन्छ । त्यसकारण पनि यस्ता फल खानुभन्दा पहिले राम्रोसँग सफागर्न जरुरी हुन्छ । यदि तत्काल खानु छैन भने २–३ घण्टा नुन र पानीमा भिजाएर मात्र खाने गुर्नहोस् । नभए १ चम्चा नुन या १ चम्चा भेनिगर वाटर राखेर १० मिनेट भिजाएर राख्ने र त्यसपछि फेरि सफा पानीले धोएर मात्र खान उपर्युक्त हुन्छ ।

वर्षाको मौसममा यी कुराको ख्याल राख्नुहोस्
पिउने पानी सफा तथा तताएर राखेको पानी नै प्रयोग गर्नुहोस् ।
काटेर राखेको फलफूल तथा तरकारी खुला नराख्नुहोस् । तरकारी काटेपछि ढाकेर राख्नु या तुरुन्तै पकाएर राख्नु राम्रो हुन्छ । त्यस्तै स–सना बालबालिका या वृद्धवृद्धा तथा गर्भवती महिलाहरुमा संक्रमणको खतरा बढि हुने हुनाले विशेष ध्यान दिन जरुरी हुन्छ ।
त्यस्तै खाना खानुभन्दा अगाडि, खाना बनाउनु भन्दा अगाडि राम्रोसँग साबुन पानीले हात धुनुहोस् ।

बनाएर राखेको खाना लामो समयसम्म राखेर नखानुहोस् ।

खुला ठाउँमा राखिएको फास्ट फुड जस्ता खानाहरु पानीपुरी, चाउमीन, समसा, पकौडा, चटपटे आदि नखाएकै राम्रो हुन्छ । बाहिर खुला ठाउँमा राखिएको फलफूलको जुश पनि स्वास्थ्यका लागि हितकर हुँदैन ।

वि.सं.२०७६ असार २३ सोमवार १४:१६ मा प्रकाशित

पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोमबार काठमाडौँबाट करिब रु...

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

धवलागिरि (म्याग्दी) । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा...

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ : प्रचण्ड

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

पच्चीस करोडभन्दा बढी विदेशी मुद्रा बरामद

पच्चीस करोडभन्दा बढी विदेशी मुद्रा बरामद

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले राजधानीबाट...

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।...

बीस करोड बढी रकमसहित एकजना पक्राउ

बीस करोड बढी रकमसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले रु २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ...