back
CTIZAN AD

अध्यापन अनुमति फाराम भर्दा सामान्यतया सोधिने प्रश्नहरु

वि.सं.२०७६ असार २३ सोमवार

1.5K 

shares

२३ असार, काठमाडौँ । शिक्षक सेवा आयोगले २०७६\३\२ गते शिक्षक लाईसेन्सको विज्ञापन गरेसँगै शिक्षक लाईसेन्स लिन योग्यता पुगेका उम्मेद्वारहरुमा विज्ञापनका विषयमा र अनलाईनबाट फाराम भर्दा विभिन्न जिज्ञासा र प्रश्नहरु आउने गरेको पाइन्छ ।
फाराम भर्ने तरिका, जाँच दिनुपर्ने कि नपर्ने सम्बन्धमा, फाराम कसरी भर्ने, फाराम भर्दा नेपाली फन्टका सम्बन्धमा र तालिम लिनुपर्ने\ नलिनुपर्ने सम्बन्धमा जिज्ञासा रहेको हो ।
विज्ञापनका विषयमा प्राथमिक तह , निम्न माध्यामिक तह र माध्यामिक तहका लागि कति योग्यता हुनुपर्ने भन्ने बारेमा पनि प्रश्नहरु रहेका छन् । माध्यामिक तहका लागि ३ (तीन) किशिमका विज्ञापन भएको कारण पनि माध्यामिक तहका लागि आबश्यक योग्यतामा उम्मेद्वारहरु अलमलिएका हुन् ।

त्यस्तै लिखित परीक्षाको पूर्णाङ्क र उत्तीर्णाङ्क, लिखित परीक्षा सञ्चालन हुने मिति र केन्द्रहरू, र फाराम भर्ने म्यादका बारेमा पनि जिज्ञासा राखेको पाइन्छ । अब लाग्छौँ यी जिज्ञासाहरु मेटाउनेतर्फ –

प्राथमिक तहको वि.नं. ३२\०७६ को लागि –  मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिना अवधिको तालिम वा ४०० पूर्णाङ्कको शिक्षा विषय लिई माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेको, छ भने यस तहमा आवेदन दिन सक्नेछन् ।

निम्न माध्यमिक तहको वि.नं. ३३\०७६ को लागिः  मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा २०० पूर्णाङ्क सहित परीक्षा दिन चाहेको कुनै एक विषय (नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक) मा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिना अवधिको तालिम लिएकाहरुले यसमा आवेदन दिन सक्नेछन् ।

माध्यमिक तहको वि.नं. ३४\०७६ को लागि –  मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ३०० पूर्णाङ्क सहित परीक्षा दिन चाहेको कुनै एक विषय (नेपाली, सामाजिक, विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय संचालन तथा लेखा, कानुन, वाली विज्ञान र पशु विज्ञान) मा कम्तीमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिना अवधिको तालिम लिएकाहरुले माध्यामिक तहको वि.नं. ३४\०७६ को लागि शिक्षक लाईसेन्सका लागि दरखास्त दिन पाउँछन् ।

माध्यमिक तहको वि.नं. ३५\०७६ को लागि – मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ३०० पूर्णाङ्क सहित आयोगबाट स्वीकृत भएका पाठ्यक्रमहरुमध्ये कुनै एक विषय (नेपाली, सामाजिक, विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय संचालन तथा लेखा, कानुन, वाली विज्ञान र पशु विज्ञान) मा स्नातकोत्तर तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी साविक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकको हैसियतले अस्थायी अध्यापन अनुमतिपत्र लिइसकेका शिक्षकहरूका लागि मात्र, यो विज्ञापनमा दरखास्त दिन पाउँछन् ।

माध्यमिक तहको वि.नं. ३६\०७६ को लागि –  मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय संचालन तथा लेखा, कानुन, कृषि (बाली) विज्ञान र पशु विज्ञानमध्ये कुनै एक विषयमा कम्तीमा ३०० पूर्णाङ्क सहित स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको,छ भने यस विज्ञापनमा दरखास्त दिन सक्नेछन् ।

लिखित परीक्षाको पूर्णाङ्क र उत्तीर्णाङ्क ,  लिखित परीक्षाको पूर्णाङ्क १०० र उत्तीर्णाङ्क ५० हुनेछ ।
लिखित परीक्षाको पहिलो र दोस्रो पत्रको परीक्षा एकै दिन लगातार लिइनेछ । लिखित परीक्षा संचालन हुने मिति र केन्द्रहरू पछि तोकिने छ । सोको जानकारी आयोगको वेवसाइटमार्फत गराइनेछ ।

भने फाराम भर्ने अन्तिम म्याद २०७६\ ३\ २२ गते तोकिएकोमा उम्मेद्वारहरुको बढ्दो चापलाई ध्यानमा राखी सो म्यादलाई ७ दिन थप गरी २०७६\३\ २९ गते सम्मका लागि आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरी २०७६\४\ ५ गतेसम्म दरखास्त फाराम भर्न सक्ने आयोेगले जनाएको छ ।

वि.सं.२०७६ असार २३ सोमवार १४:०५ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...