back
CTIZAN AD

जंगी अड्डामा प्रतिरक्षा विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना

वि.सं.२०७६ असार २४ मंगलवार

1.2K 

shares

२४ असार, काठमाडौँ (रासस) । नेपाली सेनाले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्ने कार्यलाई अगाडि बढाउने योजनाअनुरुप जङ्गी अड्डामा आवश्यक जनशक्तिसहित ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको सम्पर्क कार्यालय’ स्थापना गरेको छ ।

नेपालको राष्ट्रिय सुरक्षा र प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति तथा रणनीति निर्माण गरी सो को सहज कार्यान्वयनको सुनिश्चितता गर्न राज्यलाई आवश्यक पर्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले विश्वविद्यालयको स्थापना भएको हो ।

सरकारको नीति तथा कार्यक्रम तथा आर्थिक वर्ष २०७६/७७ को बजेटमा समेत राष्ट्रिय प्रतिरक्षा महाविश्वविद्यालय स्थापना गर्ने विषय समावेश गरिएको छ । विश्वका विभिन्न राष्ट्रले आफ्नो राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षाको सुदृढीकरणका लागि आफ्नो राष्ट्रिय आवश्यकता र महत्वलाई दृष्टिगत गरी अध्ययन, अनुसन्धान र अध्यापन गराउन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयजस्ता उच्च प्राज्ञिक संस्था स्थापना गर्ने गरेका छन् ।

संयुक्त राज्य अमेरिका, चीन, बेलायतलगायत सार्क मुलुकहरू भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश एवं अफ्रिकी मुलुकमा समेत यस प्रकारका उच्च प्राज्ञिक संस्था स्थापना भई राष्ट्रिय सुरक्षा एवं प्रतिरक्षा सम्बद्ध विषयमा उच्च शिक्षा प्रदान हुँदै आइरहेको छ ।

वि.सं.२०७६ असार २४ मंगलवार ०९:२९ मा प्रकाशित

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुर । चार वर्षदेखि जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका बिरामी नदेखिएको...

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने...

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि...

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...