back
CTIZAN AD

विषादी अनिवार्य चेक गर्न सर्वोच्चको आदेश

वि.सं.२०७६ असार २५ बुधवार

1.6K 

shares

२५ असार । सर्वोच्च अदालतले फलफूल तथा तरकारीको विषादी अनिवार्य चेक गर्न सरकारलाई आदेश जारी गरेको छ ।

भद्रप्रसाद नेपाल(स्वागत नेपाल) र नारायणप्रसाद दवाडीको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई विपक्षी बनाइ दिइएको निवेदनउपर सर्वोच्च अदालतका माननीय न्यायाधीस आनन्दमोहन भट्टराईले सरकारको नाममा अन्तरिम आदेश जारी गरेका हुन् ।

नेपालको संविधानको धारा ४४ द्वारा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा प्राप्त गर्ने तथा गुणस्तरहीन सेवा वा वस्तुबाट क्षति पुगेको व्यक्तिलाई काुनुन बमोजिम क्षतिपूर्ति पाउने हक प्रत्याभूत गरेको तथा खाद्य(धारा ३६) र स्वास्थ्य(धारा ३५) लाई आधारसहित २०७६÷३÷२ को निर्णयलाई २०७६÷३÷१८ को मन्त्रीपरिषद्ले उल्टाएकोे भन्दै निवेदन गरिएकोमा दुवै पक्षलाई उपस्थित गराई एकैसाथ सुनुवाई गर्नुपर्ने भन्दै सर्वोच्चद्वारा मन्त्रीपरिषद्को पछिल्लो निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरिएको छ ।

सर्वोच्चको सो निर्णयमा २०७६÷३÷३० गते दुवै पक्षलाई बोलाई सुनुवाई गर्ने भनिएको छ ।

वि.सं.२०७६ असार २५ बुधवार २१:४६ मा प्रकाशित

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

रमेश लम्साल, काठमाडौँ । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...