back
CTIZAN AD

विश्वकप क्रिकेट २०१९ मा भारतको यात्रा सकियो, न्युजिल्यान्ड फाइनलमा प्रवेश

वि.सं.२०७६ असार २५ बुधवार

1K 

shares

२५ असार । भारतलाई पराजित गर्दै न्युजिल्यान्ड विश्वकप क्रिकेट २०१९ (World Cup, 2019)को फाइनलमा प्रवेश गरेको छ । आज न्यूजिल्याण्डसँग भएको सेमीफाइनल खेलमा इीण्डया १८ रनले हारेको हो ।

भारतको क्रिकेट वल्र्ड कपको यात्रा यहि सकिएको छ । न्युजिल्याण्डले इण्डियालाई २४० रनको लक्ष्य दिएको थियो, भारतले अन्तिम ओभरमा अलआउट हुनुअघि २ सय २१ रन मात्र बनायो । जसका कारण  भारतीय टिम १८ रनले हार्न पुग्यो ।

रविंद्र जडेजा र महेन्द्रसिंह धोनीले इण्डियन टिमलाई टार्गेट पुरा गर्न कोशिस गरे पनि जिताउन सकेनन् । यी दुईबीचको साझेदारीले राम्रो खेलेका थिए । भारतका लागि रविंद्र जडेजाले ७७ र एमएस धोनीले ५० रन बनाउँदै जितको सम्भावना कायमै राखेका थिए, तर १ तर बोल्टले ४८ ओभरको पाँचौ बलमा रविन्द्र जडेजालाई ७७ रनमा कप्तान केन विलियमसनबाट क्याच गराउँदै शतकीय साझेदारी तोडेपछि भारतको जितको सम्भावना सकिएको थियो । भारतका लागि हार्दिक पाण्डे र रिषभ पन्तले समान ३२ रन जोडेका थिए ।

सुरुवातमा रोहित शर्मा, कप्तान विराट कोहली र केएल राहुल समान १/१ रनमा आउट भए । ३.१ ओभरमा राहुल आउट भएसँगै भारत पूरै दबाबमा आएको थियो ।

बलिङतर्फ इङग्ल्याण्डका मट हेनरीले ३ विकेट लिए भने ट्रेन्ट बोल्ट र मिचेल साट्नरले समान २/२ विकेट लिए ।

यसअघि इंग्ल्यान्डको म्यान्चेस्टरमा न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २३९ रन बनाएको थियो ।

मंगलबार भारत र न्युजिल्यान्डबीचको सेमिफाइनल चलिरहँदा पानी परेपछि खेल रोकिएको थियो । न्युजिल्यान्डले टस जितेर ब्याटिङ गर्दै ४६.१ ओभरमा पाँच विकेटको क्षतिमा २११ रन बनाउँदा पानी परेको थियो । लगातार पानी परेपछि ‘रिजर्ब डे’ अनुसार आज बाँकी खेल भएको हो ।

वि.सं.२०७६ असार २५ बुधवार २०:३५ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...