
२५ असार । भारतलाई पराजित गर्दै न्युजिल्यान्ड विश्वकप क्रिकेट २०१९ (World Cup, 2019)को फाइनलमा प्रवेश गरेको छ । आज न्यूजिल्याण्डसँग भएको सेमीफाइनल खेलमा इीण्डया १८ रनले हारेको हो ।
भारतको क्रिकेट वल्र्ड कपको यात्रा यहि सकिएको छ । न्युजिल्याण्डले इण्डियालाई २४० रनको लक्ष्य दिएको थियो, भारतले अन्तिम ओभरमा अलआउट हुनुअघि २ सय २१ रन मात्र बनायो । जसका कारण भारतीय टिम १८ रनले हार्न पुग्यो ।
रविंद्र जडेजा र महेन्द्रसिंह धोनीले इण्डियन टिमलाई टार्गेट पुरा गर्न कोशिस गरे पनि जिताउन सकेनन् । यी दुईबीचको साझेदारीले राम्रो खेलेका थिए । भारतका लागि रविंद्र जडेजाले ७७ र एमएस धोनीले ५० रन बनाउँदै जितको सम्भावना कायमै राखेका थिए, तर १ तर बोल्टले ४८ ओभरको पाँचौ बलमा रविन्द्र जडेजालाई ७७ रनमा कप्तान केन विलियमसनबाट क्याच गराउँदै शतकीय साझेदारी तोडेपछि भारतको जितको सम्भावना सकिएको थियो । भारतका लागि हार्दिक पाण्डे र रिषभ पन्तले समान ३२ रन जोडेका थिए ।
सुरुवातमा रोहित शर्मा, कप्तान विराट कोहली र केएल राहुल समान १/१ रनमा आउट भए । ३.१ ओभरमा राहुल आउट भएसँगै भारत पूरै दबाबमा आएको थियो ।
बलिङतर्फ इङग्ल्याण्डका मट हेनरीले ३ विकेट लिए भने ट्रेन्ट बोल्ट र मिचेल साट्नरले समान २/२ विकेट लिए ।
यसअघि इंग्ल्यान्डको म्यान्चेस्टरमा न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २३९ रन बनाएको थियो ।
मंगलबार भारत र न्युजिल्यान्डबीचको सेमिफाइनल चलिरहँदा पानी परेपछि खेल रोकिएको थियो । न्युजिल्यान्डले टस जितेर ब्याटिङ गर्दै ४६.१ ओभरमा पाँच विकेटको क्षतिमा २११ रन बनाउँदा पानी परेको थियो । लगातार पानी परेपछि ‘रिजर्ब डे’ अनुसार आज बाँकी खेल भएको हो ।