
२५ असार । प्रदेश १ ,२ र ३को प्राय जिल्ला भएर बहने साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना रहेको हुँदा सर्तक रहन र्ल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले सूचित गरेको छ ।
आज, भोली र पसिै प्रमखू नदीहरु कोसी, नारायणी, कर्णाली र महाकालीमा बहाब उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास हुने सम्भावना रहेकाले मध्यम जोखिम रहेको जनाइएको छ ।
भोली(विहिबार) र पर्सी(शुक्रबार) प्रदेश १, २, ३, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशको तराईको भूभागबाट बहने साना तथा मझौला नदीहरूमा बाढीको उच्च सम्भावना रहेकोले विशेषगरी उक्त प्रदेशको तराईका जिल्लामा आजैदेखि पूर्वतयारी र प्रतिकार्यका लागि ख्याल गर्न महाशाखाले सबैलाई आग्रह गरेको छ ।
पर्सि पनि प्रदेश १, २ र ३ बाट बहने प्राय सबैनदीहरूमा बहाब बढ्ने, कोसी, कन्काई, कमला, बागमती लगायत उक्त प्रदेश भई बहने अन्य नदीहरूमा बहाब सतर्कता तह आसपास हुने तथा अन्य प्राय साना नदीहरूमा खतरा तह पार गर्ने सम्भावना रहेको बताइएको छ ।