back
CTIZAN AD

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

वि.सं.२०७६ असार २६ बिहीवार

870 

shares

२६ असार, चितवन। पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–६ हर्दी चोकमा गए राति ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहापुर नगरपालिका–८ का ३५ वर्षीय दुख माझी रहेका छन् । पूर्वतर्फ गइरहेको ना ५ ख ७२९३ नम्बरको ट्रकले बाटो काट्ने क्रममा गए राति ठक्कर दिएको थियो । गम्भीर घाइते भएका माझीको उपचारको क्रममा राति नै भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

माझीसंँगै ट्रकको ठक्करबाट घाइते भएका सोही ठाउँनिवासी ४५ वर्षीय गोविन्द माझीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । भारतीय ट्रकमा आगजनीको प्रयास भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको तरकारी तथा फलफूल थोक बजारमा आँप ल्याएको भारतीय ट्रकमा आज बिहान आगजनीको प्रयास भएको छ ।

बिहान करीब ३ बजेतिर आँप लिएर बजार क्षेत्रमा प्रवेश गरेको यूपि ४१ एटी २६९१ नम्बरको भारतीय मालबाहक ट्रकमा तीन युवाले तोडफोड गर्नुका साथै आगजनीको प्रयास गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

स्कुटरमा आएका युवाले गाडीको अगाडिको सिसा फुटाइदिएका छन् भने, पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेको फलफूल तथा तरकारी व्यवसायी सङ्घका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए। स्थानीयका अनुसार सलाइ ओसिएर नबलेपछि निजहरु भागेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए । दोषीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७६ असार २६ बिहीवार १०:०२ मा प्रकाशित

सांसद तामाङको ’हस्तक्षेप’ विरुद्ध धादिङका १३ वटै पालिका एकजुट, प्रतिकार गर्ने चेतावनी

सांसद तामाङको ’हस्तक्षेप’ विरुद्ध धादिङका १३ वटै पालिका एकजुट, प्रतिकार गर्ने चेतावनी

काठानडौँ । धादिङका स्थानीय तहहरूले संविधानप्रदत्त एकल अधिकारको रक्षाका लागि...

धादिङका १३ स्थानीय सरकारको संयुक्त चेतावनी : संवैधानिक अधिकारमा हस्तक्षेप नगर्न आग्रह

धादिङका १३ स्थानीय सरकारको संयुक्त चेतावनी : संवैधानिक अधिकारमा हस्तक्षेप नगर्न आग्रह

धादिङ । धादिङ जिल्लाका १३ वटै स्थानीय तहले संयुक्त विज्ञप्ति...

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।...

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

काठमाडौ । काठमाडौँ कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका भित्ताहरू अहिले मिथिलाकलाले...

सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा

सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार...

सरकारले ल्याउने दीर्घकालीन परियोजनामा कोषको लगानी आवश्यक

सरकारले ल्याउने दीर्घकालीन परियोजनामा कोषको लगानी आवश्यक

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारले ल्याउने दीर्घकालीन परियोजना कोषले...