
२६ असार, काठमाडौँ । सानिमा बैंकको शैक्षिक छात्रवृत्तिको आवेदन खुला गरेको छ ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य लगायत अन्यक्षेत्रहरुमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाईदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको हो ।
सामाजिक उत्तरदायित्वलाई पूर्ण रुप दिन सानिमा बैंकले विगत ७ वर्ष देखि उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ तथा १२ का लागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।
उक्त छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिदैं यस बैंकले उच्च माध्यमिक तह (प्लस टु) अध्ययनगर्नका लागि काठमाण्डौ उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदन खुल्ला गरेको हो । छात्रवृत्तिका लागि आवेदन २०७६ साउन १० गते सम्म दिन सकिने छ ।
यस छात्रवृत्ति सम्बन्धी विस्तृत जानकारीका लागि सानिमा बैंकको वेवसाइट धधध।कबलष्mबदबलप।अयm मायिन ष्ल गर्नुसकिने छ ।
छात्रवत्तिमा विद्यार्र्थीहरुलाई शैक्षिक संस्थामा लाग्ने शुल्कहरु तथा शैक्षिक सामाग्रीहरुका अतिरिक्त मासिक रु. २,०००\– नगद वृत्ति सहित २ वर्षकालागि छात्रवृत्ति प्रदान गरिने बैंकले बताएको छ ।