back
CTIZAN AD

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

वि.सं.२०८३ साउन २२ शुक्रवार

15 

shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पूँजी बजारलाई गुणात्मक रूपमा विकास गर्ने उद्देश्यले ‘नेपालको प्राथमिक पूँजी बजार विकास सम्बन्धी श्वेतपत्र, २०८३’ सार्वजनिक गरेको छ।

आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीतिमा उल्लेखित नियामकीय सुधारलाई अघि बढाउँदै बोर्डले प्राथमिक बजारको दीर्घकालीन विकास दृष्टिकोणसहित श्वेतपत्र सार्वजनिक गरेको हो। श्वेतपत्रले प्राथमिक पूँजी बजारलाई पारदर्शी, निष्पक्ष, प्रतिस्पर्धी, दक्ष, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रिय असल अभ्यासअनुकूल बनाउने लक्ष्य लिएको छ।

बोर्डका अनुसार श्वेतपत्रमा नेपालको प्राथमिक पूँजी बजारको वर्तमान अवस्था, कानुनी तथा संस्थागत सीमाहरू, बजारमा देखिएका समस्या तथा चुनौती र आगामी दिनमा गर्नुपर्ने रणनीतिक सुधार समेटिएका छन्। साथै प्राथमिक बजारको नियमनमा हालसम्म भएका काम, अन्तर्राष्ट्रिय अभ्यास तथा विभिन्न मुलुकका अनुभवलाई समेत आधार बनाइएको छ।

तीन चरणमा सुधार योजना

श्वेतपत्रले प्राथमिक पूँजी बजार सुधारका लागि तीन चरणको कार्यान्वयन रणनीति अघि सारेको छ।

  • पहिलो चरणमा एक वर्षभित्र नीतिगत तथा कानुनी सुधार गर्ने योजना छ। यसअन्तर्गत सम्बन्धित ऐन तथा नियमावली संशोधन, बुक बिल्डिङ प्रणालीको समीक्षा लगायतका काम अघि बढाइनेछ।
  • त्यस्तै, दोस्रो चरणमा एकदेखि दुई वर्षभित्र प्राथमिक बजारको संस्थागत तथा प्रविधिगत क्षमता सुदृढ गर्ने लक्ष्य राखिएको छ। यस चरणमा डिजिटल आईपीओ प्लेटफर्म, ई–केवाईसी (e-KYC), रेगटेक (RegTech) र सुपटेक (SupTech) जस्ता प्रविधिको प्रयोगलाई अघि बढाइनेछ।
  • तेस्रो चरणमा दुईदेखि पाँच वर्षभित्र प्राथमिक बजारलाई थप उन्नत र बजारमुखी बनाउने लक्ष्य राखिएको छ। यस चरणमा पूर्ण रूपमा बजारमा आधारित मूल्य निर्धारण प्रणाली विकास गर्ने तथा क्वालिफाइड इन्स्टिच्युसनल बायर्स (QIB) र एंकर इन्भेस्टर्स को प्रवेश गराउने योजना श्वेतपत्रमा समेटिएको छ।

बोर्डले श्वेतपत्रमार्फत सार्वजनिक निष्काशन अर्थात् आईपीओ प्रणालीलाई मात्र विस्तार गर्ने नभई यसको गुणस्तर सुधार गर्ने नीति लिएको छ।

निष्काशन तथा बिक्री प्रबन्धक, लेखापरीक्षक र क्रेडिट रेटिङ संस्थाहरूको यथोचित जाँच तथा परीक्षण सम्बन्धी दायित्वलाई थप स्पष्ट र प्रभावकारी बनाउने योजना पनि अघि सारिएको छ। यसबाट सार्वजनिक निष्काशनमा संलग्न संस्थाहरूलाई थप उत्तरदायी बनाउने बोर्डको लक्ष्य छ।

श्वेतपत्रले प्राथमिक बजारको विकासलाई केवल आईपीओ निष्काशनको विषयका रूपमा नहेरी राष्ट्रिय पूँजी निर्माण र निजी क्षेत्रको प्रतिस्पर्धात्मक विकाससँग जोडेको छ। बोर्डले यसलाई नेपालको समग्र आर्थिक रूपान्तरणका लागि रणनीतिक आधारपत्रका रूपमा कार्यान्वयन गर्ने जनाएको छ।

बोर्डले श्वेतपत्र कार्यान्वयनपछि प्राथमिक बजारमा लगानीकर्ताको सहभागिता र वित्तीय साक्षरता बढ्ने अपेक्षा गरेको छ। साथै प्राथमिक बजारका नयाँ तथा प्रभावकारी उपकरणको विकासमार्फत दीर्घकालीन पूँजी परिचालनमा सहयोग पुग्ने बोर्डको विश्वास छ।

बोर्डले प्रस्तावित सुधारहरूलाई नीतिगत, कानुनी, प्रक्रियागत र प्रविधिगत रूपमा चरणबद्ध कार्यान्वयन गर्ने जनाएको छ। त्यसका लागि आगामी दिनमा लगानीकर्ता, व्यवसायी, बजारका अन्य सहभागी तथा सम्बन्धित सरोकारवालासँग निरन्तर परामर्श गरिने पनि बोर्डले स्पष्ट पारेको छ।

यस श्वेतपत्रले नेपालको प्राथमिक पूँजी बजारलाई आईपीओ वितरणमा केन्द्रित बजारबाट गुणस्तरीय, प्रतिस्पर्धी र बजारमा आधारित पूँजी परिचालनको प्रणालीतर्फ लैजाने दीर्घकालीन आधार तयार गरेको बोर्डको दाबी छ।

सार्वजनिक गरिएको श्वेतपत्रबाट लगानीकर्ताको प्राथमिक बजारमा सहभागिता तथा साक्षरता अभिवृद्धि एवं प्राथमिक बजारका उपकरणहरूको विकासमा महत्वपूर्ण भूमिका खेल्नुको साथै नेपालको प्राथमिक पूँजी बजारको विकास तथा गुणात्मक सुधार भई आर्थिक रुपान्तरणका लागि आवश्यक दीर्घकालीन पूँजी परिचालनमा योगदान पुग्ने बोर्डको विश्वास रहेको छ।

वि.सं.२०८३ साउन २२ शुक्रवार ११:५७ मा प्रकाशित

पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

काठमाडौँ । पाकिस्तानस्थित ‘ब्रोड पिक’ हिमालमा अस्ताएका पर्वतारोही पुरबहादुर गुरुङ...

अमेरिकाको भिषाका लागि अन्तर्वार्तामा सत्य बोल्न दूतावासको आग्रह

अमेरिकाको भिषाका लागि अन्तर्वार्तामा सत्य बोल्न दूतावासको आग्रह

काठमाडौं । अमेरिकी भिसा आवेदन तथा अन्तर्वार्ताका क्रममा सोधिएका प्रश्नको...

राजस्व विभागले आज बम्पर उपहार खोल्दै, कसले हात पार्ला त १० लाख ?

राजस्व विभागले आज बम्पर उपहार खोल्दै, कसले हात पार्ला त १० लाख ?

काठमाडौँ । आज (शुक्रबार) आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार...

वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा...

अब घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य लिनुपर्ने

अब घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य लिनुपर्ने

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गासम्बन्धी कारोबार गर्न...

एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

काठमाडौँ । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा...