back
CTIZAN AD

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु, एक घाइते

वि.सं.२०७६ असार २६ बिहीवार

1.1K 

shares

२६ असार, काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ लाजिम्पाट साङ्ग्रिला होटल अगाडि कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

आज बिहान २ बजे जमल–लैनचौर हुँदै महाराजगञ्जतर्फ आउँदै गरेको बा ९३ प २०५० नम्बरको स्कुटरलाई रातो रङको कारले ठक्कर दिँदा स्कुटर चालक भीमबहादुर गुरुङको मृत्यु भएको हो ।

दुर्घटनामा स्याङ्जा पुतलीबजारका सन्तोष घर्ती गम्भीर घाइते भएका छन् । महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख, प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले तीव्र गतिमा आएको कारले स्कुटरलाई ठक्कर दिँदा गुरुङको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

घाइते घर्तीको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार हुन नसकेपछि भेनस अस्पताल मध्यबानेश्वर पठाइएको र उक्त स्थानमा पनि उपचार हुन नसकेपछि हाल दीर्घायु अस्पताल चाबहिलमा उपचार भइरहेको राठौरले बताए । दुर्घटना गरेर फरार कार र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७६ असार २६ बिहीवार ०९:५२ मा प्रकाशित

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...