back
CTIZAN AD

१७ करोड रुपैयाँको कपाल मात्रै निर्यात गर्छ पाकिस्तान

वि.सं.२०७६ असार २६ बिहीवार

1K 

shares

हामीले घरमा कोरेर फालेको या शैलुनमा गएर काटेर फ्याकेको कपाल बेचेर कपाल बेचेर मात्र पाकिस्तानले पाँचवर्षमा १७ करोड रुपैयाँ कमाएको समाचार छ ।

कपाल बेच्ने व्यवसायमा भारत र पाकिस्तान प्रतिश्प्रधी रुपमा अगाडि बढिरहेका छन् । पाकिस्तानले पहिलो पटक संसदको तल्लो सदनमा मानब कपाल निर्यात बारे रिर्पोट पेश गरेको समाचार भारतीय संचारमाध्यमले जनाएका छन् । पाकिस्तानको बाणिज्य मन्त्रालयका तर्फबाट पेश गरिएको रिर्पोटमा पाँचवर्षमा १.६ मिलियन युएस डलर (१७ करोड नेपाली रुपैयाँ) को कपाल चीन, अमेरिका तथा युएइलगायतका देशमा निर्यात गरिएको पनि उक्त रिेर्पाटमा पेश गरिएको छ ।

२०१७ मा विश्वभर झण्डै आठ अर्ब रुपैयाँको कपाल कारोबार भएको थियो भने अमेरिका र जापानले पाकिस्तानबाट प्रिमियम क्वालिटीको कपाल खरिद गर्ने गरेको बताइन्छ । त्यस्तै भारतमा मात्रै तीन हजार करोड भारतीय रुपैयाँको कपालको कारोबार भएको बताइएको छ भने कपालका लागि कोलकोता र चेन्नईका बजारमा धेरै माग रहेको छ त्यहाँ ती कपालहरुको ट्रिटमेन्ट गरेर चीन निर्यात गरिन्छ । यहाँ प्रतिकिलो कपालको ५ देखि १ हजार सम्ममा बिक्रि वितरण गरिन्छ ।

यी कपालहरु विशेष गरेर मनोरन्जन उद्योगमा प्रयोग गरिन्छ ।
भारतको चर्चित मन्दिर तिरुपतिबाट २० करोड भारतीय रुपैयाँको कपालको कारोबार भएको बताइएको छ । त्यहाँ २०१४ मा २२० करोडको कपाल बिक्रि गरिएको थियो भने यसको आंकडा हरेक वर्ष बढ्दै गएको छ । आन्ध्र प्रदेशमा रहेको तिरुपति मन्दिरमा कपाल मुन्डन गर्ने परम्परा रहेको र यहाँ धेरै महिलाहरुले केश मुन्डन गर्छन् । महिलाको लागि तिरुपति मुख्य धार्मिकस्थलरका रुपमा लिइन्छ ।

कपालको व्यापारको सिजन अंग्रेजी वर्षको सुरुवाततिर (क्रिसमस) बाट सुरु भएर अप्रिल मईसम्म हुन्छ । साथै विहे तथा होलीको मौसममा कपालको कारोबार धेरै हुने र वर्षाको मौसममा कपालको व्यवसाय बन्द हुने गरेको बताइएछ ।

वि.सं.२०७६ असार २६ बिहीवार ०९:२५ मा प्रकाशित