
हामीले घरमा कोरेर फालेको या शैलुनमा गएर काटेर फ्याकेको कपाल बेचेर कपाल बेचेर मात्र पाकिस्तानले पाँचवर्षमा १७ करोड रुपैयाँ कमाएको समाचार छ ।
कपाल बेच्ने व्यवसायमा भारत र पाकिस्तान प्रतिश्प्रधी रुपमा अगाडि बढिरहेका छन् । पाकिस्तानले पहिलो पटक संसदको तल्लो सदनमा मानब कपाल निर्यात बारे रिर्पोट पेश गरेको समाचार भारतीय संचारमाध्यमले जनाएका छन् । पाकिस्तानको बाणिज्य मन्त्रालयका तर्फबाट पेश गरिएको रिर्पोटमा पाँचवर्षमा १.६ मिलियन युएस डलर (१७ करोड नेपाली रुपैयाँ) को कपाल चीन, अमेरिका तथा युएइलगायतका देशमा निर्यात गरिएको पनि उक्त रिेर्पाटमा पेश गरिएको छ ।
२०१७ मा विश्वभर झण्डै आठ अर्ब रुपैयाँको कपाल कारोबार भएको थियो भने अमेरिका र जापानले पाकिस्तानबाट प्रिमियम क्वालिटीको कपाल खरिद गर्ने गरेको बताइन्छ । त्यस्तै भारतमा मात्रै तीन हजार करोड भारतीय रुपैयाँको कपालको कारोबार भएको बताइएको छ भने कपालका लागि कोलकोता र चेन्नईका बजारमा धेरै माग रहेको छ त्यहाँ ती कपालहरुको ट्रिटमेन्ट गरेर चीन निर्यात गरिन्छ । यहाँ प्रतिकिलो कपालको ५ देखि १ हजार सम्ममा बिक्रि वितरण गरिन्छ ।
यी कपालहरु विशेष गरेर मनोरन्जन उद्योगमा प्रयोग गरिन्छ ।
भारतको चर्चित मन्दिर तिरुपतिबाट २० करोड भारतीय रुपैयाँको कपालको कारोबार भएको बताइएको छ । त्यहाँ २०१४ मा २२० करोडको कपाल बिक्रि गरिएको थियो भने यसको आंकडा हरेक वर्ष बढ्दै गएको छ । आन्ध्र प्रदेशमा रहेको तिरुपति मन्दिरमा कपाल मुन्डन गर्ने परम्परा रहेको र यहाँ धेरै महिलाहरुले केश मुन्डन गर्छन् । महिलाको लागि तिरुपति मुख्य धार्मिकस्थलरका रुपमा लिइन्छ ।
कपालको व्यापारको सिजन अंग्रेजी वर्षको सुरुवाततिर (क्रिसमस) बाट सुरु भएर अप्रिल मईसम्म हुन्छ । साथै विहे तथा होलीको मौसममा कपालको कारोबार धेरै हुने र वर्षाको मौसममा कपालको व्यवसाय बन्द हुने गरेको बताइएछ ।