२६ असार, लण्डन । अमेरिकाका लागि बेलायती राजदूत किम ड्यारोकले राजीनामा दिएको बताएकाछन ।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विवाद भएपछि राजीनामा दिएको बुधबार जानकारी दिएका हुन ।
अमेरिकी राष्ट्रपति ट्रम्पलाई ‘अयोग्य र असफल’ भएको टिप्पणी गरेको सार्वजनिक भएपछि ट्रम्प र किमबीच विवाद शुरु भएको थियो ।
बेलायती विदेश मन्त्रालयका अधिकारीलाई बुझाएको राजीनामापत्रमा किमले ट्रम्पसँगको सम्बन्ध सुधार्न ‘असम्भव’ देखेर आफूले राजीनामा दिनुपरेको उल्लेख गरेको समाचारमा जनाइएको छ ।
सम्बन्ध सुधार र बेलायती चासोका बारेमा बुझाउन पटकपटक प्रयास गरे पनि सफल हुन नसकेको पनि राजीनामापत्रमा उल्लेखे गरेका छन ।
उनले “मैले मेरो भूमिका राम्रोसँग निर्वाह गर्न अहिले असम्भव जस्तै देखिएको छ, त्यसैले मैले पदीय जिम्मेबारी त्याग्ने निर्णय गरेको छु,” उनले बताएकाछन ।
बेलायत र अमेरिकाबीचको परिस्थितिलाई सहज बनाउन नयाँ राजदूतबाट सजिलो हुने विश्वास लागेको उनले बताएकाछन छन ।
उनको राजीनामाका बारेमा प्रधानमन्त्री थेरेसा मेले संसद्मा जानकारी पनि गराएकाु छन् । राजदूत किमले विगतमा राम्रो जिम्मेवारी निर्वाह गरेको भन्दै धन्यवादसमेत दिएका छन ।
ट्रम्पको आलोचना गरेको किमको इमेल केही दिन अगाडि सार्वजनिक भएको थियो । इमेल सार्वजनिक भएसँगै ट्रम्पले पनि राजदूत किमको आलोचना गरेका थिए ।