back
CTIZAN AD

सप्ताहमा ५५ हजार डलर बढी दान गरे रुपाखेती परिवारले

वि.सं.२०७६ असार २७ शुक्रवार

783 

shares

१२ जुलाई, डिसी । अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिलमा बस्दै आएका समाजसेवी अरुण रुपाखेती र परिवारले डिसी मेट्रो सप्ताहमा पचपन्न हजार पाँच सय पचपन्न डलर र पचपन्न सेन्ट दान गरेका छन् ।

गत जुन २२ देखि जुन २९ सम्म सम्पन्न डिसी मेट्रो सप्ताह २०१९ का संयोजक समेत रहेका रुपाखेतीले पचपन्न हजार पाँच सय पचपन्न डलर र पचपन्न सेन्ट दान गर्दै उक्त सप्ताहमा सर्वा्धिक ठूलो दान गर्ने दानवीर भएका छन् । उनले उक्त रकमको घोषणा संगै संस्थापक संरक्षक बनेका छन् । ४० हजार डलरको सदस्यता बने पछि मात्र संस्थापक संरक्षक भईन्छ । रुपाखेती अनेसास डिसी शाखा र अन्य संघ÷संस्थासंँग आबद्ध छन् ।

झन्डै दुई दशक देखि डिसी मेट्रो महानगर क्षेत्रमा बस्दै अन्य सामाजिक संस्थामा आबद्ध रुपाखेती डिसी नेपाली समाजका संस्थापक अध्यक्ष पनि हुन् । उनले बिदेशी माटोमा परम्परा ,संस्कृतिको सम्बर्द्धन र जगेर्ना गर्न डिसी नेपाली समाजको स्थापना गरेका छन् । उक्त मुनाफा रहित संस्था मार्फत झन्डै १० बर्ष देखि हजारौ नेपाली समुदायहरुलाई निशुल्क जनै पुर्णिमामा क्वाटी,जनै र दशैमा जमरा वितरण गर्दै आई रहेका छन् ।
डिसी महानगर क्षेत्रमा सामुदायिक केन्द्र बनाउनु पर्छ भन्दै पुराण मार्फत यो सम्भव छ भन्ने मध्ये कै एक परिकल्पनाकार रुपाखेती हुन् । यसको लागि उनि र आफ्ना परिवार अहोरात्र खटिई सबैको अथक प्रयास र मेहनतको कारण अमेरिकामा भएका सप्ताह मध्ये सर्वा्धिक ठूलो रकम २० लाख ३४ हजार डलर संकलन भएको थियो । जुन अमेरिकाको नेपाली समुदायको ईतिहासमा यति ठुलो सहभागिता र ज्यादा रकम नगद मात्र १० लाख डलर उठ्न सफल भएको थियो ।

डिसी मेट्रो सप्ताहको लागि नेपाल बाट वाचन प्रविण पण्डित दिनबन्धु पोखरेल आएका थिए भने रुपाखेती कै घरमा पण्डित पोखरेल सप्ताह सम्म बसेका थिए । रुपाखेती दम्पत्ति ,२ छोराहरु ,बुबा आमा र छोरी समेतको कूल मिलाएर रुपाखेती परिवारले पचपन्न हजार पाँच सय पचपन्न डलर र पचपन्न सेन्ट दान गरेका हुन् । उक्त दान डिसी मेट्रो सप्ताहको अन्तिम दिन जुन २९ मा आफ्ना परिवारको साथ सबैको अगाडी दान दिने घोषणा गरेका थिए ।
उनले आफू चिकित्सक ,अभियन्ता र ठूलो पदमा काम गर्ने नभई घण्टा हान्ने काम गरेता पनि मन भएर दान गरेको बताएका थिए । उनले घोषणा गर्ने बित्तिकै उनलाई काँधमा हालेर पुराण स्थलमा घुमाईएको थियो ।

वि.सं.२०७६ असार २७ शुक्रवार ०८:५० मा प्रकाशित

बालयोगीको ‘कस्मिक ऊर्जा’बाट अभिसिञ्चित समृद्धि स्कुल : त्यागी अनिल मारुतको मार्गनिर्देशनमा आध्यात्मिक अभ्यासको नयाँ आयाम

बालयोगीको ‘कस्मिक ऊर्जा’बाट अभिसिञ्चित समृद्धि स्कुल : त्यागी अनिल मारुतको मार्गनिर्देशनमा आध्यात्मिक अभ्यासको नयाँ आयाम

काठमाडौँ। भौतिकवादी शिक्षाको तीव्र प्रतिस्पर्धाबीच काठमाडौँस्थित समृद्धि स्कुलले अध्यात्म र...

इरान-इजरायल-अमेरिकी द्वन्द्व र नेपालमा सम्भावित प्रभाव र व्यवस्थापनको मार्गचित्र

इरान-इजरायल-अमेरिकी द्वन्द्व र नेपालमा सम्भावित प्रभाव र व्यवस्थापनको मार्गचित्र

मध्यपूर्वमा पछिल्ला वर्षहरूमा बढ्दो सैन्य तनावले विश्व राजनीतिलाई नयाँ मोडमा...

जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह

जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको...

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलबाट गाँजाजस्तो देखिने तीन किलो १६०...

पृथ्वीराजमार्गः ४१ किमी पूरा

पृथ्वीराजमार्गः ४१ किमी पूरा

तनहुँ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१...

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

काठमाडौँ ।  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको...