back
CTIZAN AD

तेह्र दिनको शिशु चोरी गर्ने पक्राउ

वि.सं.२०७६ असार २७ शुक्रवार

930 

shares

२७ असार, उपचारको क्रममा रहेको शिशुलाई चोरी गर्ने दुई महिलालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ परेको छ ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार मध्यराति प्रसूति विभागको वार्डबाट १३ दिनको शिशु चोरी भएको थियो ।
पक्राउ पर्नेमा भारत नयाँदिल्ली फरीदावाद घर भई हाल धरान–५ देवीगाउँ माइती घरमा बस्दै आएकी २७ वर्षीया लीला विश्वकर्मा र उनकी भाउजु नाता पर्ने धरान–१५ बगरकोट बस्ने ४२ वर्षीया मीना लिम्बू ९विश्वकर्मा० लाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।
सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–१ का जितनारायण मेहता र बबिता मेहताको १३ दिनको शिशु ९छोरा० उनीहरुले चोरी गरेका थिए ।
बबिताले असार १३ गते छोरा जन्म दिएकी थिइन् । आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या देखिएपछि उनीहरुको वार्डमै राखेर उपचार भइरहेको थियो ।
सबै निदाएको मौका छोपी लीलाले आफ्नी भाउजुलाई बोलाएर शिशु चोरी गरेकी थिइन् । केही दिन अगाडिदेखि सुत्केरी तथा बच्चाको रेखदेखको बहानामा अस्पतालको गाइनो वार्डमा बस्दै आएकी लीलाले सबै निदाएको बेला भाउजु मीनालाई बोलाएर लगिएको पाइएको प्रनाउ न्यौपानेले बताउनुभएको छ ।
बिहीबार दुवैविरुद्ध मानव अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान शुरु गरिएको प्रनाउ न्यौपानेले जानकारी दिनुभयो ।

वि.सं.२०७६ असार २७ शुक्रवार ०९:०५ मा प्रकाशित

किसानलाई अधिकतम दुई लाखसम्म अनुदान

किसानलाई अधिकतम दुई लाखसम्म अनुदान

इलाम । माइजोगमाई गाउँपालिकामा सञ्चालित ‘उपाध्यक्षसँग युवा उद्यमी’ कार्यक्रमबाट स्थानीयस्तरमै...

तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ठप्प

तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ठप्प

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा निर्माणधीन नौ सय मेगावाट क्षमताको अरुण...

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

भोजपुर । भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे...

योजना अधिकृत हमालको लेक लागेर मृत्यु

योजना अधिकृत हमालको लेक लागेर मृत्यु

ताप्लेजुङ । समृद्ध पहाड संस्थामा कार्यरत योजना अधिकृत चन्द्रजङ्ग हमालको...

कोशी प्रदेश सरकारद्वारा ‘प्रदेश भवन नियमावली, २०८२’ स्वीकृत

कोशी प्रदेश सरकारद्वारा ‘प्रदेश भवन नियमावली, २०८२’ स्वीकृत

मोरङ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न...

कोभिडपछि बन्द रहेको ‘वाटर पार्क’ पुनः सञ्चालन

कोभिडपछि बन्द रहेको ‘वाटर पार्क’ पुनः सञ्चालन

झापा । कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि उत्पन्न आर्थिक सङ्कटका...