back
CTIZAN AD

मूल्य वृद्धि क्रमशः ओरालो लाग्दै –राष्ट्र बैंक

वि.सं.२०७३ मंसिर ४ शनिवार

993 

shares

rastra-bank

४ मङ्सिर, काठमाडौँ । मुद्रास्फीति क्रमशः घट्दै गएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी त्रैमासिक प्रतिवेदनले मूल्य वृद्धिमा क्रमशः सुधार हुँदै गएको देखाएको हो । गत असारदेखि घट्दो क्रममा रहेको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति भदौमा ७.९ प्रतिशतमा रहेकामा असोजमा ६.७ प्रतिशतमा ओर्लेको हो ।

गत वर्षको तुलनामा समीक्षा अवधिमा खाद्य मुद्रास्फीतिमा सुधार आएकाले समग्र उपभोक्ता मुद्रास्फीति घट्न गएको बैंकले उल्लेख गरेको छ । सो अवधिमा खाद्य मुद्रास्फीति ५.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ९.७ प्रतिशत थियो । सो समूह अन्तर्गत दलहन तथा गेडागुडी, घ्यू तथा तेल, दुग्धजन्य पदार्थ तथा अन्डा, मासु तथा माछा लगायत वस्तुको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकाले खाद्य मुद्रास्फीति कम रहन गएको हो ।

समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १७.८ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य १३.४ प्रतिशतले वृद्धि भएको छ । गैरखाद्य मुद्रास्फीति ७.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैरखाद्य मुद्रास्फीति ७.१ प्रतिशत थियो । सो समूह अन्तर्गत लत्ताकपडा तथा जुत्ताको मूल्य ११.२ प्रतिशतले, शिक्षा ९.६ प्रतिशतले र घरभाडा ९.४ प्रतिशतले वृद्धि भएको छ ।

क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति पहाडमा ८.९ प्रतिशत, हिमालमा ६.३ प्रतिशत, तराईमा ६.२ प्रतिशत र काठमाडौँ उपत्यकामा ५.७ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर क्रमशः ८.५ प्रतिशत, ६.९ प्रतिशत, ७.५ प्रतिशत र ९.१ प्रतिशत थियो ।

सो अवधिमा विप्रेषण आप्रवाह ३.२ प्रतिशतले वृद्धि भई रु एक खर्ब ७१ अर्ब ८० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४ प्रतिशतले वृद्धि भएको थियो । खुद ट्रान्सफर आय १.५ प्रतिशतले वृद्धि भई रु एक खर्ब ९४ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २७.३ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्यामा पछिल्ला महिनामा निरन्तर कमी आएकाले विप्रेषण आप्रवाह ओरालो लागेको हो ।

वि.सं.२०७३ मंसिर ४ शनिवार ००:२१ मा प्रकाशित

तीन लाख वर्गफिटमा फैलिँदै नाडा अटो शो, ५३ सवारी ब्राण्डसहित २०० बढी स्टल

तीन लाख वर्गफिटमा फैलिँदै नाडा अटो शो, ५३ सवारी ब्राण्डसहित २०० बढी स्टल

काठमाडौं। यो महिना नेपालले गाडी हेर्दै बितायो । अर्को हप्ता,...

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको लामो इतिहास बोकेको प्रतिष्ठित नेपाल...

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...