back

मूल्य वृद्धि क्रमशः ओरालो लाग्दै –राष्ट्र बैंक

वि.सं.२०७३ मंसिर ४ शनिवार

633 

shares
GLOBAL IME AD
NTC AD

rastra-bank

४ मङ्सिर, काठमाडौँ । मुद्रास्फीति क्रमशः घट्दै गएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी त्रैमासिक प्रतिवेदनले मूल्य वृद्धिमा क्रमशः सुधार हुँदै गएको देखाएको हो । गत असारदेखि घट्दो क्रममा रहेको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति भदौमा ७.९ प्रतिशतमा रहेकामा असोजमा ६.७ प्रतिशतमा ओर्लेको हो ।

गत वर्षको तुलनामा समीक्षा अवधिमा खाद्य मुद्रास्फीतिमा सुधार आएकाले समग्र उपभोक्ता मुद्रास्फीति घट्न गएको बैंकले उल्लेख गरेको छ । सो अवधिमा खाद्य मुद्रास्फीति ५.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ९.७ प्रतिशत थियो । सो समूह अन्तर्गत दलहन तथा गेडागुडी, घ्यू तथा तेल, दुग्धजन्य पदार्थ तथा अन्डा, मासु तथा माछा लगायत वस्तुको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकाले खाद्य मुद्रास्फीति कम रहन गएको हो ।

समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १७.८ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य १३.४ प्रतिशतले वृद्धि भएको छ । गैरखाद्य मुद्रास्फीति ७.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैरखाद्य मुद्रास्फीति ७.१ प्रतिशत थियो । सो समूह अन्तर्गत लत्ताकपडा तथा जुत्ताको मूल्य ११.२ प्रतिशतले, शिक्षा ९.६ प्रतिशतले र घरभाडा ९.४ प्रतिशतले वृद्धि भएको छ ।

क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति पहाडमा ८.९ प्रतिशत, हिमालमा ६.३ प्रतिशत, तराईमा ६.२ प्रतिशत र काठमाडौँ उपत्यकामा ५.७ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर क्रमशः ८.५ प्रतिशत, ६.९ प्रतिशत, ७.५ प्रतिशत र ९.१ प्रतिशत थियो ।

सो अवधिमा विप्रेषण आप्रवाह ३.२ प्रतिशतले वृद्धि भई रु एक खर्ब ७१ अर्ब ८० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४ प्रतिशतले वृद्धि भएको थियो । खुद ट्रान्सफर आय १.५ प्रतिशतले वृद्धि भई रु एक खर्ब ९४ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २७.३ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्यामा पछिल्ला महिनामा निरन्तर कमी आएकाले विप्रेषण आप्रवाह ओरालो लागेको हो ।

वि.सं.२०७३ मंसिर ४ शनिवार ००:२१ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार...

ज्योति विकास बैंकको मोबाईल बैंकिङ्ग एपबाट हवाई टिकट खरिदमा पाँच सय क्यासब्याक

ज्योति विकास बैंकको मोबाईल बैंकिङ्ग एपबाट हवाई टिकट खरिदमा पाँच सय क्यासब्याक

काठमाडाैँ । ज्योति विकास बैंकले बैंकको मोबाईल बैंकिङ्ग APP ज्योति...

सिटिजन्स बैंकद्वारा आवाजलाई सहयोग

सिटिजन्स बैंकद्वारा आवाजलाई सहयोग

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एकल...

साहसिक पर्यटनका लागि प्रशस्त सम्भावना भएर पनि ओझेलमा घोर्ले भिर

साहसिक पर्यटनका लागि प्रशस्त सम्भावना भएर पनि ओझेलमा घोर्ले भिर

फिक्कल (इलाम) । ठाडो स्वरुप, टाढाबाट पर्खालजस्तो देखिने चट्टानी बनावटमा...

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ...