back
CTIZAN AD

स्वास्थ्य मन्त्री थापाद्धारा भोलेन्टियर राख्ने कार्य बन्द गर्न आग्रह

वि.सं.२०७३ मंसिर ४ शनिवार

876 

shares

gagan thapa

४ मंसीर, काठमाडौँ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले कुनै पनि निजी वा सरकारी अस्पतालले (परिचारिका)नर्सलाई भोलेन्टियर राख्ने परम्पराको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार निजी अस्पतालको छाता सङ्गठन ‘एसोसियसन अफ प्राइभेट हेल्थ इन्टिच्युसन नेपाल (अफिन)’ को १९औँ वार्षिक साधारणसभामा मन्त्री थापाले ठूलो लगानी गरी पढेका नर्स र अन्य पारामेडिक्सलाई भोलेन्टियर राखी उनीहरूको श्रम शोषण बन्द गर्न आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “नर्सलाई भोलेन्टियर राख्ने कार्य आजैबाट बन्द गरौँ । अब अस्पतालको अवलोकनका क्रममा सो कुरा पनि अनुगमन हुनेछ ।” उहाँले नर्सलाई सित्तैमा काम गराएको पाइएमा त्यस्ता अस्पताललाई नवीकरण नगरिने चेतावनी पनि दिनुभयो ।

उहाँले निजी अस्पतालले गुणस्तरीयताको दाबी गर्दैगर्दा अस्पतालको सेवाको पारदर्शीताबारे पनि बिरामीलाई विश्वस्त गराउन सक्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले बाहिरबाट सफा देखिने निजी अस्पतालले पनि सरसफाइ व्यवस्थापन गर्न नसकेको भन्दै भित्री इन्फेक्सन व्यवस्थापन गर्नुपर्नेतर्फ सचेत गराउनुभयो ।

आफू निजी अस्पतालका समस्या समाधानका लागि तयार रहेको बताउँदै मन्त्री थापाले त्यसका सरकारले जनस्वास्थ्य ऐन ल्याउन लागिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले निजी अस्पतालले १० प्रतिशत निःशुल्क सेवा गरिब तथा विपन्नलाई दिनुपर्ने, शल्यक्रिया गर्दा मापदण्डअनुसार दक्ष चिकित्सक र स्वास्थ्यकर्मी राख्नुपर्ने लगायतका कुरा कडाइका साथ लागू गर्नुपर्छ ।”

एसोसियसन अफ प्राइभेट हेल्थ इन्टिच्युसन नेपाल (अफिन)का अध्यक्ष वसन्तकुमार चौधरीले निजी क्षेत्रका पनि थुप्रै कमजोरी रहेको भन्दै पारदर्शिता कायम गर्नका लागि सरकारसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अफिनका सुदूरपश्चिमाञ्चल उपाध्यक्ष गजेन्द्रवीर सिंहले सरकारले नवीकरणका नाममा निजी अस्पताललाई ‘दुहुनो गाई’ बनाएको आरोप लगाउनुभयो ।

वि.सं.२०७३ मंसिर ४ शनिवार ०३:३१ मा प्रकाशित

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले बारा जिल्लामा बलात्कारपछि हत्या...

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किँदै गएपछि १५...

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणलाई लिएर...

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता...

चार स्वास्थ्य निकायमा नयाँ नेतृत्व नियुक्त

चार स्वास्थ्य निकायमा नयाँ नेतृत्व नियुक्त

काठमाडौं । सरकारले चार वटा स्वास्थ्यसम्बन्धी निकायमा नयाँ पदाधिकारी नियुक्त...