back
CTIZAN AD

विश्वकप क्रिकेटको फाइनल आज : कसले हात पार्ला उपाधी ?

वि.सं.२०७६ असार २९ आइतवार

981 

shares

२९ असार । विश्वकप क्रिकेट २०१९ (World Cup Cricket- 2019) को फाइनल खेल आज न्युजिल्यान्ड र घरेलु टोली इंग्ल्यान्डबीच हुँदैछ । नेपाली समयअनुसार सवा ३ बजे सुरु हुने उक्त खेल लण्डनको एतिहासिक लर्ड्स मैदानमा हुँदैछ ।

दुवै टिम पहिलो पटक उपाधिको लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि लर्डसमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा दुई सय ४१ रन बनाएको थियो । न्युजिल्याण्ड लगातार दोश्रो पटक फाइनलमा पुगेको हो ।

पहिला पनि फाइनलमा खेली सकेको न्यूजिल्याण्ड उच्च मनोबलका साथ खेल्ने छ भने घरेलु मैदानको उपयोग गर्दै पहिलो पटक फाइनलमा पुगेको इंग्ल्यान्ड पनि न्यूजिल्याण्डलाई हराउँदै पहिलो पटक विश्वकप क्रिकेटको उपाधि चुम्नेमा प्रयत्न गर्नेछ ।

इङल्याण्ड तुलनात्मक रुपमा न्यूजील्याण्ड भन्दा बलियो देखिन्छ । लिग चरणमा इङल्याण्डले न्यूजील्याण्डलाई एक सय १९ रनको फराकिलो अन्तरले हराएको हुँदा पनि यसपटकको उपाधिको दाबेदार इङ्ग्ल्याण्ड हुने अनुमान छ ।

सेमिफाइनलमा १८ रनले भारतलाई पराजित गर्दै न्युजिल्यान्ड फाइनलमा प्रवेश गरेको थियो । इंग्ल्यान्ड पाँच पटकको विजेता अष्ट्रेलियालाई ८ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

वि.सं.२०७६ असार २९ आइतवार ०९:११ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...