
२९ असार । विश्वकप क्रिकेट २०१९ (World Cup Cricket- 2019) को फाइनल खेल आज न्युजिल्यान्ड र घरेलु टोली इंग्ल्यान्डबीच हुँदैछ । नेपाली समयअनुसार सवा ३ बजे सुरु हुने उक्त खेल लण्डनको एतिहासिक लर्ड्स मैदानमा हुँदैछ ।
दुवै टिम पहिलो पटक उपाधिको लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि लर्डसमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा दुई सय ४१ रन बनाएको थियो । न्युजिल्याण्ड लगातार दोश्रो पटक फाइनलमा पुगेको हो ।
पहिला पनि फाइनलमा खेली सकेको न्यूजिल्याण्ड उच्च मनोबलका साथ खेल्ने छ भने घरेलु मैदानको उपयोग गर्दै पहिलो पटक फाइनलमा पुगेको इंग्ल्यान्ड पनि न्यूजिल्याण्डलाई हराउँदै पहिलो पटक विश्वकप क्रिकेटको उपाधि चुम्नेमा प्रयत्न गर्नेछ ।
इङल्याण्ड तुलनात्मक रुपमा न्यूजील्याण्ड भन्दा बलियो देखिन्छ । लिग चरणमा इङल्याण्डले न्यूजील्याण्डलाई एक सय १९ रनको फराकिलो अन्तरले हराएको हुँदा पनि यसपटकको उपाधिको दाबेदार इङ्ग्ल्याण्ड हुने अनुमान छ ।
सेमिफाइनलमा १८ रनले भारतलाई पराजित गर्दै न्युजिल्यान्ड फाइनलमा प्रवेश गरेको थियो । इंग्ल्यान्ड पाँच पटकको विजेता अष्ट्रेलियालाई ८ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।